कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने पक्राउ

कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने पक्राउ
+
-

काठमाडौँ – कञ्चनपुरमा १३ बर्षकी बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् । प्रहरीले घटना भएको २५औँ दिनमा स्थानीय युवक दिलिपसिंह बिष्टलाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार बिष्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त साउन १० गतेदेखि हराएकी थिईन् । उनको शव ११ गते भेटिएको थियो ।

पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो ।

उनलाई सोमबार नै जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको छ । अदालतबाट थुनामा राख्न म्याद लिएपछि उनलाई सोमबार नै सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

पक्राउ परेका बिष्ट यसअघि पनि विभिन्न अपराधमा जेल परेर छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।

बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरेर कारबाही गर्न माग राख्दै स्थानीय बासिन्दाले बजारमा दिनहुँजसो प्रदर्शन गरेर प्रहरीलाई दबाब दिएका थिए ।

कञ्चनपुर प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले केहीबेरमा घटनाबारे पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?