लुम्बिनीमा यसरी सुरु भयो दादुरा–रुबेलाविरुद्धको खोप अभियान (तस्बिरसहित)

लुम्बिनीमा यसरी सुरु भयो दादुरा–रुबेलाविरुद्धको खोप अभियान (तस्बिरसहित)
+
-

दाङ – लुम्बिनी प्रदेशमा दादुरा–रुबेलाविरुद्ध खोप अभियानलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ। खोज र खोपको अवधारणाअनुसार आज बाट सुरु भएको अभियानको क्रममा ११ लाख ६० हजार बढी बालबालिकालाई खोप लगाउने लक्ष्य छ। खोप लगाउन छुटेका बालबालिकाहरुमा दादुरा–रुवेला संक्रमण हुने जोखिम देखिएपछि लक्षित उमेरका सबै बालबालिकालाई खोप लगाउने संकल्प छ।

यो अवधिमा लुम्बिनी प्रदेशका ११ लाख ६० हजार ६ सय ६६ जना बालिबालिकाले दादुरा–रुबेला खोप लगाउनेछन्। पूर्णखोप सुनिश्चित प्रदेश घोषणा भए पनि बालबालिकाहरुमा दादुरा–रुबेलाको संक्रमण देखिएपछि खोप लगाउन छुटेका बालबालिकासहित लक्षित सबै बालबालिकालाई खोप लगाउन अभियान सुरु भएको छ।

चैत ७ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित देशव्यापी रुपमा दादुरा–रुबेला खोप अभियान चलेको छ। लुम्बिनी प्रदेशमा स्वास्थ्यमन्त्री राजु खनालले खोप अभियानको उद्घाटन गरे। उनले दादुरा, रुवेला संक्रमणलाई शून्यमा झार्ने लक्ष्यका साथ सुरु भएको अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताए।

लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, रुकुम पूर्व र अर्घाखाँची जिल्लामा ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिका र तराईका नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकलाई खोप लगाइनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?