सिमकोट गाउँपालिकाका विद्यालयमा फागुन १६ गतेबाट पठनपाठन हुने

सिमकोट गाउँपालिकाका विद्यालयमा फागुन १६ गतेबाट पठनपाठन हुने
+
-

सिमकोट – सिमकोट गाउँपालिकाले हिउँदे बिदापछि विद्यालयमा फागुन १६ गतेबाट पठनपाठन सुरु गर्ने भएको छ। फागुन २ गतेबाट विद्यालय सञ्चालनमा आए पनि यो बीचमा विद्यार्र्थी भर्ना गरिएको कारण कक्षा सञ्चालन ढिलो गर्नुपरेको हो।

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायव सुब्बा कृष्ण प्रसाद आचार्यले फागुन १६ गतेबाट सबै विद्यालयमा पठनपाठन सुरु हुने बताए।

उनले यसअघिको प्रधानाध्यापक बैठक मै फागुन १६ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन अनिवार्य सुरु गर्ने निर्णय अनुसार पढाइ सुरु हुने बताए।

फागुन २ गतेबाट सबै विद्यालयले भर्ना कार्य गरेको र अव भर्ना अन्तिम चरणमा पुगेकोले पढाइ सुरु हुनेछ। सिमकोटमा सामुदायिक विद्यालय २१ वटा छन् भने चार वटा संस्थागत विद्यालय छन्। यसका लागि तीन हजार विद्यार्र्थी अध्ययन गर्दै आएका छन्।

विद्यालय भने हिउँदे बिदापछि फागुन २ गतेबाट सञ्चालनमा आएका थिएनन्। पुस १६ गतेबाट हिउदे बिदा सुरु भएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?