
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार (आज) जारी साधारण सभा बहुमत कार्यसमित सदस्यहरुलेनै बहिष्कार गरेका छन्। आफूहरुबिच छलफलनै नभएको विषय वस्तुहरु कार्यसूचीमा राखेको भन्दै उनीहरुले साधारण सभानै बहिष्कार गरेका हुन्।
साधारणसभाको विषयसूची तय गर्न एन्फा मुख्यालयमा फागुन ३ गते देखि ६ गतेसम्म केन्द्रिय कार्यसमिति बैठक सन्चालन भएको तर साधारणसभामा राखिने विषयबस्तुमा आफ्नो असहमतिका बाबजुत विषयबस्तु थप गरिएको आरोप असन्तुष्ट पक्षको छ।
साथै उनीहरले महासचिव किरण राईले उपस्थितिको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै वहिष्कारको विकल्प नभएको बताए। साधारण सभा बहिष्कार गर्नेमा वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्का सहित उपाध्यक्ष विराट जंग शाही, दिर्घ बहादुर केसी (कुमार), सदस्यहरु अनिल मल्ल, रविन्द्र चन्द, मनिष जोशी, रुपेश अधिकारी, भोजराज शाही, रमेश व्यन्जनकार र पेमा लामा रहेका छन्।
यस्तो छ उनीहरुको असन्तुष्टिको कारण