
वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूँग शक्तिशाली आणविक बटन भएको उत्तर कोरियालाई चेतावनी दिएका छन्।
उत्तर कोरियाली नेता किम जोङ उनद्वारा परमाणु हतियारको बटन आफ्नै डेस्कमा भएको धम्की दिएको भोलिपल्टै ट्रम्पको यस्तो चेतावनी आएको हो।
आफूसँग भएको आणविक बटन उत्तर कोरियाका भन्दा निकै शक्तिशाली रहेको ख्याल गर्नुपर्ने पनि उनले बताए।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमा लेखे, ‘उत्तरी कोरियाली नेता किम जोङ उनले हालै बयान दिएका छन्, ‘आणविक हतियारको बटन सधैं उनको टेबलमा हुन्छ।’
उनलाई कसैले ट्रम्पसँग पनि आणविक हतियारको बटन छ भन्ने जानकारी दिन भने । त्यो बटन उत्तरको भन्दा निकै शक्तिशाली र भयानक र त्यसले आफ्नो काम गर्ने पनि ट्रम्पले स्पष्ट पारे।
यो पनि हेर्नुहोस्: