एक खेल अगावै भारतले जित्यो इंगल्यान्ड विरुद्धको टेस्ट सिरिज

एक खेल अगावै भारतले जित्यो इंगल्यान्ड विरुद्धको टेस्ट सिरिज
+
-

भारत भ्रमणमा रहेको इंग्ल्यान्डले पाँच खेलको टेस्ट सिरिज ३-१ ले गुमाएको छ। घरेलु टोलीले चौथो टेस्टमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै एक खेल अगावै सिरिज आफ्नो नाममा बनायो।

राँची टेस्टमा सोमबार १  सय  ९२ रनको लक्ष्य पाएको भारतले ५ विकेट गुमाएर अन्तिम दिन बाँकी हुँदै सिरिज जित्न सफल भयो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५५ रन बनाउँदा शुभमन गिल ५२ रनमा अविजित रहे। त्यस्तै ध्रुव जुरेलले अविजित ३९ रनको इनिङ्स खेले। गिल र जुरेलबीच छैटौं विकेटका लागि अविजित ७२ रनको साझेदारी भएसँगै भारत विजयी भयो।

इंग्ल्याण्डका लागि शोएब बसिरले सर्वाधिक ३ विकेट लिए। टम हार्टले र जो रुटले समान १-१ विकेट लिए। भारतले चौंथो दिन बिना विकेटको क्षतिमा ४० रनबाट दिनको खेल सुरु गरेको थियो। यसअघि तेस्रो दिननै इंग्ल्यान्ड दोस्रो इनिङ्समा १ सय ४५ रनमै अलआउट हुँदा भारतले सहज लक्ष्य पायो। पहिलो इनिङ्समा इंग्ल्याण्ड ४६ रनको अग्रता बनाउन सफल भएपनि दोस्रो इनिङमा समालिन नसक्दा भारतले १ सय ९२ रनको लक्ष्य पाएको थियो।

पहिलो इनिङ्समा इंग्लिस टोली ३ सय ५३ रनमा अलआउट भएको थियो भने भारतीय टोली ३ सय ७ रनमा अलआउट भएको थियो। त्यसअघि पहिलो टेस्ट इंग्ल्यान्डले २८ रनले जित हासिल गर्दा दोस्रो टेस्टमा भारत १ सय ६ रनले विजयी भयो। त्यस्तै तेस्रो टेस्टमा ४ सय ३४ रनको फराकिलो जित हासिल गरेको भारतले लगातार तेस्रो जित हासिल गर्ने क्रममा चौंथो टेस्ट पाँच विकेटले आफ्नो पक्षमा पार्‍यो। अब यि दुई बिचको पाँचौं तथा अन्तिम टेस्ट धर्मसालामा आगामी ७ मार्चमा सुरु हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?