
काठमाडौं- लोकप्रिय गायक भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिइएकाे छ। भजन शिराेमणि भनेर चिनिने उनलाई संगीत तथा नाट्य प्रतिष्ठानमा श्रद्धाञ्जली दिइएकाे हाे।
आचार्यलाई श्रद्धाञ्जली दिन विभिन्न कलाकार तथा आफन्तजनकाे भीड लागेकाे छ। उनलाई श्रद्धाञ्जली दिएपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्राेतले जनाएकाे छ।
घरमै अस्वस्थ भएपछि उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै साेमबार गायक आचार्यको निधन भएको हो।
८१ वर्षीय भक्तराजका दुई छोरा सत्य-स्वरुप आचार्य पनि नेपाली गीतसंगीतका लोकप्रिय गायक हुन्।
बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ मा जन्मिएका भक्तराजले ‘संगीत प्रभाकर’सम्म अध्ययन गरेका छन्।
याे पनि पढ्नूहाेस्:
वि.सं. २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा उनले गाएको ‘होसियार यसबखत समयको मुखलाई चिन…’ प्रथम भएपछि उनी रेडियो नेपालमा जागिरे भए। त्यसयता वि.सं. २०४६ सालसम्ममा उनले साढे चार सय गीत रेकर्ड गरिसकेका थिए। दुई दर्जनबाहेक सबै गीत उनले आफ्नै रचनामा तयार पारेका थिए।
उनले धेरैजसो भजन र त्यसबाहेक आधुनिक, राष्ट्रिय, बालगीत गाएका छन्।
हेर्नूहाेस् तस्बिरहरू: