पोखरेलीले सम्झिए रवीन्द्र अधिकारीलाई (तस्बिरसहित)

पोखरेलीले सम्झिए रवीन्द्र अधिकारीलाई (तस्बिरसहित)
+
-

पोखरा- ताप्लेजुङमा पाँच वर्ष अगाडि भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरेलीले स्मरण गरेका छन्। छैठौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा पोखरेलीले रवीन्द्रको योगदानको स्मरणसँगै चर्चा गरेका हुन्।

मंगलबार बिहान पोखरा महानगरपालिका–१८ मेथ्लाङमा रहेको राष्ट्रिय विभूति तथा सहिद पार्कमा राखिएको रविन्द्र अधिकारीको सालिकमा माल्यार्पण गरिएको छ। गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सालिकमा माल्यार्पण गरे।

प्रतिनिधिसभा सदस्य दामोदर पौडेल ‘वैरागी’, गण्डकी प्रदेश सभा सदस्य देवका पहारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, रविन्द्र अधिकारीको परिवारका सदस्यसँगै शुभेच्छुक र नेकपा एमालेका नेता कार्यकर्ता भेला भएर शालिकमा पुष्पगुच्छा चढाए।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले देशले बहुआयमिक नेतृत्वलाई गुमाएको उल्लेख गरे। ‘सानै उमेरमा सम्रग राष्ट्रिय राजनीतिमा उहाँको अतुलनीय योगदान थियो । त्यत्रो ठूलो योगदान गर्नुभएको व्यक्तित्वको हामीलाई हरेक पाइलामा अभाव खड्किरहेको छ, ‘ उनले भने।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने रवीन्द्र शैली र स्वभावको चर्चा गरिसाध्य नहुने उनको भनाइ थियो। ‘शब्दबाट मुल्यांकन गर्न सकिने सिमाभित्र उहाँ हुनुहुन्न। उहाँका परिकल्पना, सोंच, दृष्टिकोणहरु अत्यन्तै परिपक्व र मार्गदर्शक थिए, ‘ नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका अधिकारीले भने, ‘तिनैको आधारमा हामी अत्यन्तै उचाईका साथ निरन्तर पछ्याइरहने प्रण र संकल्प गर्न चहान्छौं।’

पोखरा विमानस्थल निर्माणमा रवीन्द्रले खेलेको भूमिकाको पनि खगराजले स्मरण गरे।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानकी अध्यक्ष प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष कृष्ण थापा, महासचिव पोखराका मेयर धनराज आचार्य, सल्लाहार प्राध्यापक डा. भरतराज पहारी लगायतले बोलेका थिए। उनीहरूले रविन्द्रको आदर्शलाई पछ्याउँदै युवाहरु राजनीतिमा आउनुपर्नेमा जोड दिए। राजनीतिमा आदर्शको आवश्यकता रहेको औंल्याए।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले मंगलबार दिउँसोे जन्मथलो पोखरा-भरतपोखरी ३३ गैरागाउँमा स्मृतिसभा गर्दैछ। साँझपख पोखराको मालेपाटनमा निर्माण गरिएको रवीन्द्र वाटिकामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ।

तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्कीडाँडामा बन्ने भनिएको विमानस्थलको अवलोकनका लागि पुगेका रवीन्द्रले पाथिभाराको दर्शन गरेर फर्कने क्रमममा ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्ने खोलामा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका थिए।

२०२६ साल बैशाख २२ गते कास्कीको भरतपोखरी गाबिसको जामुनाबोटमा जन्मिएका अधिकारी २०४६ सालदेखि अधिकारी राष्ट्रिय राजनीतिमा सक्रिय बनेका थिए। त्योभन्दा एक वर्ष पहिले उनले पार्टीको संगठित सदस्यता लिएका थिए।

कास्की जिल्ला कमिटी सदस्य, सचिव, अध्यक्ष हुँदै अधिकारी २०६४ को संविधानसभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित हुँदै संसदीय यात्रा थालेका थिए।

२०७० मा भएकोे दोस्रो संविधनसभाको निर्वाचनमा जित हासिल गरे। २०७४ को आमनिर्वाचनमा कास्की २ बाट निर्वाचित हुँदै संसदीय यात्रामा ह्याट्रिक गर्न सफल भएका थिए।

केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका अधिकारीको २०७५ फागुन १५ गते बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएको हो।

राजनीतिमा मात्रै नभएर उनी लेखनमा पनि क्रियाशील थिए। ‘संविधानसभाः लोकतन्त्र र पुनर्संरचना’, ‘समृद्ध नेपाल’ उनका प्रकाशित कृति हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?