
अ
+
अ
अ
-
धनगढी-कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।
निर्मलाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दिलिपसिंह विष्टलाई भीमदत्त नगरपालिका-१९ का स्थानीय बासिन्दा हुन्। ४१ वर्षका विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
उनलाई निर्मलाको हत्या भएको २५ औँ दिनपछि प्रहरीले घटनास्थल नजिकैबाट पक्राउ गरेको थियो । विष्टले बलात्कारपछि निर्मलाको हत्या गरेको स्वीकार गरेका छन्।