नेदरल्यान्ड्स सँगको हारसँगै नेपालको फाइनल सम्भावना कति?

नेदरल्यान्ड्स सँगको हारसँगै नेपालको फाइनल सम्भावना कति?
+
-

काठमाडौं- टी-२० विश्वकपको तयारीका रुपमा हेरिएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले प्रारम्भिक दुई खेलमा हार भोग्यो। प्रतियोगितामा नेपालले लगातार दोस्रो हार भोगेसँगै फाइनल सम्भावना स्वभाविक रुपमा चुनौतीपूर्ण बनेको छ।

बुधबार भएको खेलमा नेदरल्यान्ड्स सँग २ रनले पराजित भएसँगै अब नेपालले प्रतियोगितामा दुबै टिम सँग समान १-१ खेल खेल्न बाँकी छ। अङ्क बिहिन रहेको नेपालले अब फाइनल प्रवेशका लागि दुबै खेल जित्नु पर्ने छ।

नेपालको फाइनल सम्भावना नेदरल्यान्ड्स र नामिबियाबिचको खेलले पनि तय गर्ने छ। कुनै एक टिमले नामिबिया या नेदरल्यान्ड्स सँगको खेल लगातार जितेमा र नेपालले बाँकी दुबै खेल जितेमा नेपाल फाइनल प्रवेश गर्ने छ। तर नेपालको आशा अनुरुपको नतिजा नआएमा र अङ्क बराबरी भएको खण्डमा नेट रनरेट समेत महत्वपूर्ण हुने छ।

जित नजिक पुगेर हारेको नेपाल

बुधबार टियू मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सले २ रनको रोमाञ्चक जित निकाल्यो। नेदरल्यान्ड्सको यो टी-२० अन्तराष्ट्रियमा सर्वाधिक कम रन अन्तरको जित हो। यसअघि उसले आयरल्यान्ड विरुद्ध ४ रनको जित निकालेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि मिचले लेभिटले ५४ रनको अर्धशतकीय इनिङ खेल्दा सेब्रान्ड इंगेलब्रेच ४९ रनमा अविजित रहे। त्यस्तै कप्तान स्कट एडवार्डले ३३ रन बनाउँदा तेजा निदामनुरुले ३१ रन बनाए। नेपालका लागि करण केसी र कुशल मल्लले समान १-१ विकेट लिएपनि बलिङमा नेपालका कुनैपनि खेलाडी जम्न सकेनन्।

१ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल एक समय जितका लागि निकै अघि थियो। दिपेन्द्र सिंह ऐरी ६३ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५० रन बनाए। दिपेनद्रले अर्धशतक प्रहार गरेसँगै उनी टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बने। उनले कुशल भुर्तेलको कीर्तिमानलाई पछि पार्दै ९ अर्धशतक बनाए।

नेपाललाई जितका लागि अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा सुरुका दुई बलमा बाउन्ड्री प्रहार गर्दै जित नजिक पुगेको थियो। क्रिजमा रहेका दिपेन्द्र सिंह ऐरी ले पहिलो बलमा चौका र अर्को बलमा छक्का प्रहार गरे। तर त्यसपछि लगातार दुई विकेट गुमायो। करण केसी दुई रन लिने चक्करमा आउट हुँदा अर्को बलमा दिपेन्द्र पनि पेभिलियन फर्किए। त्यसपछि क्रिजमा आएका नयाँ ब्याटरले पाँचौ बलमा डट खेल्दा अर्को बलमा लेगबाइमार्फत एक रनमात्र लिंदा नेपाल जित नजिक पुगेर दुई रनले पराजित भयो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?