
काठमाण्डौँ- भायानेट कम्युनिकेसनले ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर-नेपाल’ अवार्ड जितेको छ ।
कम्युनिकेसन ले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर-नेपाल’ अवार्ड जितेको हो।
एक्स जि एस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि-गिग इन्टरनेट बजारमा ल्याएर नयाँ टेक्नोलोजीमा परिचित गराउने र ग्राहकमा यसको प्रभाव ल्याउन सफल भएको हुनाले कम्पनीलाई यी पुरस्कारहरूबाट सम्मानित गरिएको कम्युनिकेसनले जनाएको छ।
अवार्ड समारोह फेब्रुअरी २९ मा सिंगापुरमा आयोजना भएको थियो। कम्युनिकेसनका अनुसार उक्त अवार्डको लागि भायानेट, नेपालका अन्य इन्टरनेट प्रदायक र टेलिकम कम्पनीहरूसँग मनोनयनमा परेको थियो।
कम्पनीले यस विधामा नेपालमा पहिलो पटक यो अवार्ड जितेको हो। एसियाली टेलिकम अवार्ड एसियन मोबाइल न्यूजबाट सञ्चालन हुँदै आएको छ ।
अवार्ड कार्यक्रमले एशियाका अग्रणी टेलिकम र ब्रोडब्यान्ड कम्पनीहरूको उत्कृष्ट उपलब्धी र पहलहरूलाई मान्यता दिँदै आएको पाइन्छ।