काठमाडौँ महानगरविरुद्ध कबाडी संकलकहरुले गरे विरोध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ महानगरविरुद्ध कबाडी संकलकहरुले गरे विरोध प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ- काठमाडौँ महानगरको निर्णय विरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन तथा र्‍याली निकालेका छन्।

अनधिकृत रूपमा रहेका संकलन केन्द्रहरुमा महानगरले डोजर चलाउन लागेपछि कवाडी संकलक विरोधमा उत्रिएका हुन्। उनीहरुले बुद्धनगरबाट सुन्धारासम्म र्‍याली गरेका छन्।

महानगरपालिकाले महानगर मातहतका सम्पूर्ण वड़ा कार्यालयहरुले कवाडी हटाउने भन्दै कसैलाई ७, १५, तथा ३५ दिन भित्र कवाडी सामग्री पसल हटाई अन्यन्त्र लैजान निर्देशन गरेको थियो।

महानगरको निर्देशनपछि सम्पूर्ण कवाडी व्यावसायी र संस्था स्काप हकहित फाउन्डेशन समेतले काठमाडौँ महानगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाएको थियो।

त्यो ज्ञापन पत्रमाथि महानगरपालिकाले सुनुवाइ नगरी डोजर लिई कवाड व्यवसायीहरुलाई आतंकित पारेकोले आन्दोन गरेको उनीहरुले बताएका छन्।

उनीहरुले धेरै कबाड व्यवसायीहरुको हक अधिकारमा गम्भीर आघात परेको, डोजर आतंक निरन्तर रूपमा मच्चाई पेशा व्यवसायसँग जोडिएका सम्पूर्ण श्रमिक, मजदुर तथा गरिव व्यक्तिहरु र निजका परिवार, केटाकेटीहरु पूर्णरुपमा प्रभावित भएको बताएका छन्।

कवाडी व्यवसायीहरुको पेशा व्यवसाय गर्ने कानुनी तथा संवैधानिक हकमाथि अतिक्रमण गरिएकाले गरिब, असहाय, आर्थिक रुपले विपन्न, कमजोर श्रमिक मजदुरहरु माथि दैनिक गुजारा गर्न रोजगारी र जीवनयापन गर्न, बाँच्न पाउने हक अधिकार समेत माथि आक्रमण भएको उनीहरुले बताएका छन्।

उनीहरुले लेखेको विज्ञप्तिमा भनिएको छ, ‘महानगरपालिकाको यस्तो गैह्र सम्बैधानिक गैह कानुनी कार्यको विरुद्ध हामी कवाड व्यवसायीहरु एकतावद्ध भई आन्दोलन गर्नुको विकल्प नभएको साथै सो आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवार महानगरपालिका स्वंय नै हुने भएकोले हाम्रो शान्तिपूर्वक पहिलो चरणको दुई दिनको आन्दोलनको कार्यक्रम तपशिल बमोजिम निर्धारण गरिएको हुँदा सोको जानकारी तहाँ कार्यलयमा गराईएको व्यहोरा अनुरोध छ।’

यसअघि सुन्धारामा फुटपाथ व्यवसायीहरुसँग महानगरका प्रहरीले बल प्रयोग गरेको भनी विरोध भइरहेको छ। दुईजना फुटपाथ व्यापारीलाई नगर प्रहरीले मरणासन्न हुने गरी पिटेका थिए।

यद्यपि काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने सहरी व्यवस्थापनका क्रममा आफूहरूले बल प्रयोग नगर्ने गरेको बताएका थिए।

पटक-पटक सचेत गराउँदा पनि फुटपाथ व्यावसायीले नछाडेको बताउँदै उनले त्यसो नगर्न अनुरोध गर्ने क्रममा नगर प्रहरीमाथि आक्रमण भएपछि प्रतिरक्षाका लागि प्रहार गरेको उनीहरुले बताए।

सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि आक्रमण भएको जानकारी दिँदै पाण्डेले नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको बताएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?