शालिन पोखरेलको न्यायका लागि सिंहदरबारअगाडि प्रदर्शन (तस्बिरहरु)

शालिन पोखरेलको न्यायका लागि सिंहदरबारअगाडि प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ – चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत फेला परेकी शालिन पोखरेलको न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ।

शनिबार दिउँसो युवाहरुले शालिन पोखरेलको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै सिंहदरबारको पश्चिम गेटअगाडि प्रदर्शन गरेका हुन्। त्यसक्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोकका दिपेन्द्र पोखरेलकी १४ वर्षीय छोरी शालिन चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलद्वारा सञ्चालित होस्टेलमा मृत फेला परेकी थिइन्। कक्षा ८ मा अध्ययनरत उनी फागुन १२ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

शालिनका बुवा दिपेन्द्र र आमा सगुनले आफ्नी छोरीको बलात्कारपछि हत्या भएको आरोप लगाएका छन्। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दिपेन्द्रले भनेका थिए,’लास झुण्डिएको अवस्था र त्यहाँका वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुण्डिएर आत्महत्या गरेको भन्ने दावी अस्वभाविक र अपत्यारिलो देखिन्थ्यो।’

घटनापछि सो विद्यालयमा गइ मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी रुममेट, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाइ छलफलपछि मात्र मुचुल्का गरौँ भन्दा प्रहरीले स्कुल परिसरभित्रै आफ्ना भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरेको किशोरीका दिपेन्द्र बताउँछन्।

आफू काठमाडौँमा भएको बेला उक्त घट्ना घटेको जानकारी विद्यालयबाट आएको र ‘म नआइकन कुनै पनि प्रक्रिया अगाडि नबढाउनुस्, म दुई घण्टामा आइपुग्छु’ भनेर विद्यालय प्रशासनलाई जानकारी गराउँदा त्यहाँ पुग्दा प्रमाण नष्ट गराउने मनशायले विभिन्न क्रियाकलाप भइसकेको उनको भनाइ छ।

आफू त्यहाँ पुग्नुभन्दा पहिले नै ‘घटना भएको छात्रावास’को ढोका फोडिएको र घटना भएको ठाउँमा सरसफाइ गरिएको उनको भनाइ छ। साथै, शालिनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा आफूले फेला पारेको र उक्त कुराको भिडिओ फुटेज आफूसँग सुरक्षित रहेको उनले बताए। ती सबै काम प्रमाण नष्ट पार्ने उद्देश्यले भएको उनको भनाइ छ।

उक्त घटनामा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर वडा १० का ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेल छन्। सालिनको मृत्युपछि उनका बुबासहित परिवारजनले उनीहरुबिरुद्ध किटानी जाहेरी दिएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष