फोडेन चम्किंदा युनाइटेड विरुद्ध सिटीको सानदार पुनरागमन जित

फोडेन चम्किंदा युनाइटेड विरुद्ध सिटीको सानदार पुनरागमन जित
+
-

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर डर्वि भिडन्तमा सिटीले सानदार पुनरागमन जित निकाल्दै महत्वपूर्ण तीन अङ्क हासिल गरेको छ। आइतबार राति भएको खेलमा पहिलो हाफको सुरुवातमानै अग्रता बनाएपनि युनाइटेडले दोस्रो हाफमा तीन गोल खान पुगेको थियो।

३-० को जित निकालेको साविक च्याम्पियन सिटीले उपाधि होडमा आफ्नो बलियो दाबेदारी कायम राख्दै शीर्ष स्थानको लिभरपुलसँगको अग्रता पुन एक अङ्कमा झारेको छ।

घरेलु मैदानमा फिल फोडेनको सानदार दुई गोलमा दोस्रो हाफमा पुनरागमन गरेको सिटी विरुद्ध युनाइटेडले भने खेलको आठौं मिनेटमा अग्रता बनाएको थियो। मार्कुस रासफोर्डले ब्रुनो फर्नान्डेसको पासलाई लङरेन्चबाट गरेको प्रहार सिंधै गोलमा परिणत हुँदा खेलमा सिटी पछि परेको थियो।

पहिलो हाफमा १-० को अग्रता बनाएको युनाइटेड विरुद्ध दोस्रो हाफमा सिटीले गोल फर्कायो। फोडेनले ५६ औं मिनेटमा डिबक्स नजिकबाट गरेको प्रहार गोलमा परिणत भयो। अग्रता बनाउने क्रममा अल्भारेजको पासलाई फोडेनलेनै ८० औं मिनेटमा सदुपयोग गरेका थिए। टिमका लागि तेस्रो गोल अर्लिङ हालान्डले सम्भव बनाए। हालान्डले पहिलो हाफमा गोलका केही राम्रा अवसर चुकाएपनि अन्तिम समयमा उनले सम्भावित आलोचना टार्दै गोल गर्न सफल भए।

जितपछि सिटीको २७ खेलबाट ६२ अङ्क भएको छ। शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ६३ अङ्क रहँदा एक खेल कम खेलेको आर्सनल ५८ अङ्कका साथ तेस्रो स्थानमा छ। आइतबारनै  भएको अर्को खेलमा बोर्नेमाउथले बर्नलीलाई ३-० ले पराजित गर्‍यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?