नेपालमा क्लिन स्विप भोगेको क्यानडाको लिग-२ को पहिलो श्रृंखलामा शतप्रतिशत जित

नेपालमा क्लिन स्विप भोगेको क्यानडाको लिग-२ को पहिलो श्रृंखलामा शतप्रतिशत जित
+
-

काठमाडौं- विश्वकप लिग-२ को तयारीका लागि गत फेब्रुअरीको दोस्रो साता नेपाल भ्रमण गरेको क्यानडाका लागि नेपाल यात्रा सुखद रहेन। तीन खेलको एकदिवसीय सिरिजमा नेपालसँग सबै तीन खेल गुमायो। कमजोर मनोबल सहित युएई पुगेको क्यानडाले आफ्नो पहिलो श्रृंखलामा भने अविश्वसनिय रुपमा सबै ४ खेल जित्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

युएई, क्यानडा र स्कटल्यान्ड समिलित सिरिजमा तुलनात्मक रुपमा कमजोर मानिएको क्यानडाले सबै चार खेल जित्दै सनसनिपूर्ण सुरुवात गरेको हो। पहिलो खेलमा गत २८ फेब्रुअरीमा युएईलाई ३ विकेटले हराएको युएईले दोस्रो खेलमा १ मार्चमा स्कटल्यान्डमाथि ७ विकेटको प्रभावसालि जित निकाल्यो। तेस्रो खेलमा घरेलु टोलीलाई वर्षाका कारण डिएल म्याथोडमा ८ रनले हराएको युएईले अन्तिम खेलमा स्कटल्यान्८लाई ५ विकेटले पराजित गर्दै शतप्रतिशत नतिजा निकाल्यो।

बिहीबार भएको खेलमा पहिले ब्याटिङ गर्दै स्कटल्यान्डले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको क्यानडाले ३४ रन जोड्दै ४ विकेट गुमाएको थियो। तर त्यसपछि थामिएको क्यानडाका लागि पाँचौं नम्बरमा ब्याटिङका लागि आएका हर्ष थकरले १ सय ५ रनको अविजित शतकीय इनिङ खेल्दै टिमलाई जित दिलाए। उनी बाहेक छैटौं नम्बरमा ब्याटिङका लागि आएका निकोलस कृटनले ४४ रन बनाउँदा श्रेयस मोभा २० रनमा नटआउट रहे।

क्यानडा लिग-२ को पहिलो श्रृंखलामा शतप्रतिशत जित सहित ८ अङ्कका साथ शीर्ष स्थानमा रहँदा नामिबिया ६ अङ्कका साथ दोस्रो तथा नेदरल्यान्ड्स तेस्रो स्थानमा रहँदा स्कटल्यान्ड चौंथो नेपाल पाँचौ र युएई छैटौं स्थानमा छ। स्कटल्यान्ड र युएईबिच पहिलो श्रृंखलाको अन्तिम खेल खेल्न बाँकी छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?