
अर्जेन्टिनाका इन्टर मियामी स्टार लियोनेल मेसीले कोनकाकाफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार बिहान भएको खेलमा आकर्षक गोल गरे। तीन डिफेन्डरबिचबाट उनले गरेको गोल दर्शनीय थियो भने उनको यो कोनकाकाफमा पहिलो गोल समेत थियो। मेसीको प्रि-सिजन टुरमा भएको प्रदर्शनलाई लिएर धेरैले यो सिजन उनको लय खस्किने अनुमान गरेका थिए।
तर अमेरिकाको मेजर लिग सकर (एमएलएस) को सुरु भएसँगै मियामीले तीन खेलमा २ जित र १ बराबरी खेल्दै ७ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। मेसीले एलए ग्यालेक्सी विरुद्ध अन्तिम मिनेटमा टीमको हार टारेपछि लगातार दूई खेलमा गोल गरे। अर्थात उनले पछिल्ला तीन खेलमा लगातार गोल गरे। सिजनको पहिलो खेलमा रियल साल्टलेक विरुद्ध असिस्ट गरेका उनले त्यसपछि एल ए ग्यालेक्सी विरुद्ध १ गोल गरे भने ओरलान्डो सिटी विरुद्ध ५ गोलमा उनको नाममा २ गोल रह्यो।
मेसीले आफ्नो करिअरको उतर्राधमा पनि उत्कृष्ट लयलाई निरन्तरता दिंदै आफ्नो सानदार उपस्थिति देखाएसँगै यो सिजन इन्टरमियामी फरक लयका साथ मैदानमा जम्ने संकेत देखिएको छ। गत सिजन अन्तिमका केही खेल मात्र खेलेका मेसीले अमेरिकामा सुरु भएको नयाँ सिजनको सुरुवाती खेलहरुबाटै आफ्नो मैदानमा रवाफिलो उपस्थिति देखाउँदै पुन एकपटक आफूमाथि विश्व फुटबलको ध्यान केन्द्रीत गरेका छन्।
जारी सिजन सुरुवाती चार खेलमा मेसीले ४ गोल र १ असिस्ट गरीसकेका छन्। त्यो भन्दा महत्वपूर्ण रुपमा उनले मैदानमा जुन लय समाएका छन्। यसले विपक्षीलाई हैरान बनाएको छ। एकातिर मेसीले पुरानो बार्सिलोनाका चर्चित सहकर्मीसँगको तालमेल मिल्दा मियामी उत्साही बनेको छ। ३७ वर्षमा पनि आफ्नो उच्च फर्मलाई निरन्तरता दिंदा क्लबसँगै अर्जेन्टिना पनि उत्साहि छ।
साविक विश्वविजेता अर्जेन्टिना मेसीको उच्च प्रदर्शनको निरन्तरताले राष्ट्रिय टिममा नयाँ जोसको सञ्चार भएको मान्छ। कोपा अमेरिकाको उपाधि दाबेदार अर्जेन्टिना मेसीकै नेतृत्वमा मैदान उत्रिन चाहन्छ। यस्तोमा उनको फर्म कायम रहेको लयले मेसीले राष्ट्रिय टिमबाट बिदा लिने संसयलाई तत्तकाललाई टारेको छ। साथमा मेसी समर्थकहरु सुरुवातबाट देखिएको उनको लयमा खुसी देखिएका छन्।