टी-२० वरीयतामा रोहित र दिपेन्द्रको छलाङ, अलराउन्डर तर्फ पाँच खेलाडी

टी-२० वरीयतामा रोहित र दिपेन्द्रको छलाङ, अलराउन्डर तर्फ पाँच खेलाडी
+
-

काठमाडौं- नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ले टी-२० ब्याटिङ वरीयतामा छलाङ मारेका छन्।  त्यस्तै अलराउन्डर तर्फ नेपालका पाँच खेलाडी शीर्ष सय भित्र अटाएका छन्। बलिङमा भने नेपालका कुनैपनि खेलाडी शीर्ष सयमा अटाएन्न।

कप्तान रोहितले ब्याटिङ वरीयतामा ३६ स्थान सुधार गर्दै ५४  औं स्थानमा उक्लिंदा दिपेन्द्र सिंह ऐरीले ३१ स्थान सुधार गर्दै ७० औं स्थानमा रहन सफल भए। नेपालका यी दुई खेलाडीले ब्याटिङ सँगै अलराउन्डर तर्फ पनि आफ्नो वरीयतामा ब्यापक सुधार गरेका छन्। टी-२० ब्याटिङ वरीयतामा शीर्ष सय भित्र रोहित र दिपेन्द्र मात्र अटाएका छन्।

टी-२० ब्याटिङ वरीयतामा भारतका सूर्यकुमार यादव शीर्ष स्थानमा रहँदा इंग्ल्यान्डका फिल साल्ट दोस्रो तथा पाकिस्तान मोहम्मद रिजवान तेस्रो र पाकिस्तानकै बाबर अजाम चौंथो स्थानमा छन्।

टिम वरीयतामा भने नेपाल १६औं स्थानमा यथावत रहेको छ। भारतले शीर्ष स्थानमा कायम रहँदा न्युजिल्यान्डको भने दुई स्थान खस्किएको छ। न्युजिल्यान्ड चौंथो स्थानमा पुग्दा इंग्ल्यान्डले एक स्थान सुधार गर्दै दोस्रो तथा अस्ट्रेलिया अर्को एक स्थान सुधार गर्दै तेस्रो स्थानमा रहेको छ।

बलिङमा भने नेपालका कुनैपनि खेलाडी शीर्ष सयमा अटाउन सकेनन्। बलिङ तर्फ इंग्ल्यान्डका अदिल रसिद शीर्ष स्थानमा रहँदा श्रीलंकाका वानिन्दु हसरङ्गा दोस्रो र श्रीलंकाकै महेश थिकसना दोस्रो तेस्रो स्थानमा छन्। त्यस्तै वेस्टइन्डिजका अकिल होसेन तेस्रो स्थानमा कायम रहँदा भारतका अक्षर पटेल चौंथौं स्थानमा छन्।

त्यस्तै अलराउन्डर तर्फ नेपालका दिपेन्द्र सिंह ऐरीले उल्लेख्य सुधार गरे। उनले ४८ स्थान सुधार गर्दै अलराउन्डरको २७ औं नम्बरमा उक्लिए। त्यस्तै कुशल मल्लले अलराउन्डर तर्फ २७ स्थान सुधार गर्दै ३५ औं स्थानमा रहन सफल भए। त्यस्तै गुल्सन झा २२ स्थान सुधार गर्दै ७२ औं स्थानमा रहँदा करण केसी २४ स्थान सुधार गर्दै ८१ औं स्थानमा रहे। त्यस्तै रोहित पौडेल एकै पटक ८८ स्थान सुधार गर्दै शीर्ष सय भित्र रहँदै ९२ औं स्थानमा सुचिकृत भए। बलिङ तर्फ सकिव अल हसन शीर्ष स्थानमा कायम छन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?