
सिमकोट – विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले जागिर खाइसकेपछि आफ्नो पहिलो कर्तव्य सम्झनुपर्ने सुझाव दिइएको छ। नेपाल शिक्षक संघ हुम्ला जिल्लाको चौथो जिल्ला प्रतिनिधि सभाको उद्घाटन सत्रमा शुभकामना दिने क्रममा बक्ताले सो सुझाव दिएका हुन्।
कार्यक्रममा काँग्रेस उपसभापति बसन्त रोकायाले पहिलो काम शिक्षकले आफ्नो विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने तर्फ लाग्नु पर्ने बताए। शिक्षकको पहिलो कर्तव्य निमित विद्यालयमा उपस्थित भएर उठनपाठन सुचारु गर्ने कार्यमा लाग्नु पर्ने सुझाव दिए। सबै क्षेत्रमा जहिल्यै पनि आफ्नो अधिकारको कुरा आउने तर कर्तव्यतर्फ ख्याल नगरिने देखिएको बताउदै उनले यो गलत भएको बताए।
आफ्नो हकहित र सेवा सुबिधाका लागि लड्नु पर्ने र त्यस्ता कुरालाई काँग्रेसले जहिल्यै पनि सहयोग गर्ने उनले बताए। कार्यक्रममा शुभकामना दिदै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले सिमित साधन र श्रोतले गर्दा शिक्षकलाई सुबिधा दिन नसकिएको स्वीकार गर्दै बाध्यता बुझ्न आग्रह गरे। उनले शिक्षकको सानो लापरवाहीले ठुलो धक्का लाग्ने भएको कारण त्यसतर्फ ध्यान दिन शिक्षकलाई आगैह गरे। शिक्षक संघ हुम्लाका अध्यक्ष हमालले शिक्षकल आस्था राख्न पाउने भएपनि काम भने विद्यालय सुधारमा लाग्नु पर्ने बताए।
विद्यालयको शिक्षालाई सुधार गर्न शिक्षकको महत्वपुर्ण भुमिका हुन्े भएको कारण अन्य काम भन्दा बढी पठनपाठनमा शिक्षकले ध्यान दिन आग्रह उनले गरे। नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले शिक्षक संघको सदस्य भएको शिक्षकले इमान्दार भएर पठनपाठनमा सरिक भएर गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा लाग्न आग्रह गरे।
सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला रोकाया भामले शिक्षण पेशलाई मर्यादित रुपमा मान्ने नगरिएको भएपनि शिक्षा बिना अन्य क्षेत्रको भविष्य अन्धकार हुने बताईन। कार्यक्रममा काँग्रेस सचिक कृष्ण बहादुर बोहरा, महासमिति सदस्य जनकबहादुर शाही लगाएतले शुभकामना मन्तव्य दिएका थिए।
पाँच जनाले लिए शिक्षक संघको सदस्यता
कार्यक्रममा नेपाल शिक्षक संगठनका सदस्य धनजय जेठारा सहित पाँच जना नयाँ शिक्षकले नेपाल शिक्षक संघको सदस्यता लिएका छन्। यसरी सदस्यता लिनेमा जेठारा, श्यामकुमार शाह, रमेश चौधरी, रमिता रावल र पावर्ती रेग्मी रहेकी छन्। उनीहरुले नेपनाल शिक्षक संघमा समाहित भएको बताएका थिए। उनीहरुलाई संघ सदस्यता प्रदान गरेर कार्यक्रमका प्रमुख अतिथि काँग्रेस उपसभापति बसन्त रोकायाले अविर लगाएर स्वागत गरेका थिए।
सात जनाले पाए विशिष्ट सदस्यता
संघको जिल्लाबाट सिफारिस गरिएको र केन्द्रबाट प्राप्त हुने सात जनाले बिशिष्ठ सदस्यता प्राप्त गरेका छन्। यसरी संघको बिशिष्ठ सदस्यता प्राप्त गर्नेमा राजबहादुर बुढा, खाम्पा फडेरा, धनराज सिंह, ज्ञानबहादुर रोकाया, राजबहादुर ऐडी, लक्ष्मण बोहरा र शिव शर्मा पौडेल रहेका छन्। उनीहरुलाई बिशिष्ट सदस्यताको प्रमाण पत्र काँग्रेस उपसभापति रोकायाले प्रदान गरेका थिए।
संघको चौथो जिल्ला प्रतिनिधि सभाको बैठको बन्द सत्र समेत सुरु भएको छ। सत्रमा सांगठानिक र आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने कार्यक्रम छ।