
अस्ट्रेलियाले न्युजिल्यान्ड विरुद्धको सिरिज क्लिन स्विप गरेको छ। क्राइस्टचर्च टेस्टमा ३ विकेटको जित हासिल गर्दै अस्ट्रेलियाले सिरिज २-० ले क्लिन स्विप गरेको हो।
चौंथो दिन कंगारु टोलीले जितका लागि २ सय २ रन आवश्यक थियो। उसँग ६ विकेट हातमा रहेको थियो। अस्ट्रेलियाले एलेक्स क्यारीको ९८ रनको अविजित इनिङमा ३ विकेट बाँकी रहँदै जित हासिल गर्यो।
तेस्रो दिनको खेल सकिंदा सम्म अस्ट्रेलियाले दोस्रो इनिङमा ४ विकेट गुमाएर ७७ रन बनाएर मैदानमा रहेको थियो। यसअघि न्युजिल्यान्डले दोस्रो इनिङमा ३ सय ७२ रन बनाउँदै अस्ट्रेलियालाई २ सय ७९ रनको लक्ष्य दिएको थियो। पहिलो इनिङमा भने न्युजिल्यान्ड १ सय ६२ रनमा समेटिएको थियो भने अस्ट्रेलियाले २ सय ५६ रन बनाएको थियो।
दोस्रो इनिङमा खराब सुरुवातका बाबजुत मिचेल मार्सले ८० रन र एलेक्स क्यारीले अविजित ९८ रन बनाउँदा अस्ट्रेलियाले जित हासिल गर्यो। उसका कप्तान प्याट कमिन्स ३२ रनमा अविजित रहेका थिए। यसअघि अस्ट्रेलियाले पहिलो टेस्ट १ सय ७२ रनले जितेको थियो।
न्युजिल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले त्यसअघि टी-२० सिरिज ३-० ले क्लिन स्विप गरेको थियो। घरेलु टोली भने टी-२० र टेस्ट दुबैमा निरीह रह्यो।