देशसञ्चार चौतारी : भाग-३५

‘जंगलमा जब चितुवा जाग्छ, कस्तुरी पनि जाग्छ’

+
-

काठमाडौँ-  देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले कस्तुरी विज्ञ डा. पारस सिंहलाई निम्त्याएका छौँ। सिंहले देशसञ्चार चौतारीका क्रममा कस्तुरीका विभिन्न पक्षहरुबारे मात्र हामीलाई जानकारी गराएनन्, बरु यो लजालु जनावर नेपालमा पाल्न सकिने सम्भावनाबारे खुलेर कुरा गरे।

सिंहले चिनियाँ विश्वविद्यालयबाट कस्तुरीमाथि विद्यावारिधि गरेका छन्। उनी अहिले नेपालमै संरक्षणमा काममा लागेका छन्,  ‘बायोकोस नेपाल’ संस्ठामार्फत।

प्युठानमा जन्मेका सिंहले मनाङमा खिचेको कस्तुरीको तस्बिरको सहकर्मीमाझ निकै चर्चा भएको  थियो। त्यही बेलादेखि उनी कस्तुरीको अध्ययन र अनुसन्धानमा लागेका थिए।

मनाङ हुँदै उनले पछि मुस्ताङमा पनि कस्तुरीको अध्ययन गरे। रमाइलो के थियो भने मुस्ताङमा पाइने र मनाङमा पाइने कस्तुरी फरक थिए। मुस्ताङमा कास्मिरी कस्तुरी पाउँछन् भने तिलिचो ताल कटेपछि मनाङ क्षेत्रमा भने हिमाली कस्तुरी पाइने उनले बताए।

नेपालको हिमाली क्षेत्रमा खासगरी संरक्षित वनक्षेत्रमा कस्तुरी पाइने उनले बताए। कस्तुरीको विशेष गन्ध आम रुपमा भने थाहा नहुने उनले बताए। ‘कस्तुरी आफ्नो सुवास खोज्दै घुम्छ भन्ने कुरा सत्य होइन, किनभने कस्तुरीले त्यही गन्धका आधारमा कम्युनिकेट गर्छ,’ उनले अन्तर्क्रियाका क्रममा भने।

नेपालमा कस्तुरीको बासस्थान कालिगण्डकी खोँचले छुट्याउने उनले बताए। ‘कालिगण्डकी पश्चिम र कालिगण्डकी पाइने कस्तुरी फरक हुन्छन्, पश्चिमतिर पाइने कास्मिरी कस्तुरी हुन् भने पूर्वका हिमाली कस्तुरी हुन्,’ उनले भने।

कस्तुरीको अध्ययन गर्न फ्रान्सबाट खाममा राखेर स्याम्पल मगाएको उनले बताए।

कस्तुरीको संख्या यकिन गर्न नसकिने बताउँदै डा. सिंहले हिउँचितुवाले कस्तुरीलाई आहारा बनाउने गरेको बताए। ‘कस्तुरी रातिको समयमा सक्रिय हुने जनावर हो, हिउँचितुवा पनि राति नै सक्रिय हुन्छ, यद्यपि कस्तुरीको डिफेन्स मेकानिजम निकै राम्रो हुन्छ,’ उनले भने।

कस्तुरीले नेपालको अर्थतन्त्रमा पनि सघाउने उनले बताए। कस्तुरीको बिना तोलाकै निकै महँगोमा बिक्री हुने बताउँदै डा. सि‌ंहले कस्तुरीको बिना धेरै औषधीय गुणमा पनि प्रयोग हुने उनले बताए।

चीनमा झन्डै ७० वर्षअगाडिदेखि नै कस्तुरीको पालन गर्न सुरु गरिएको उनले बताए। कस्तुरीको बिना निकै महँगो हुने भएकाले यसका लागि कस्तुरीको तस्करी हुने उनले बताए।

कस्तुरीको बिनाले क्यान्सरदेखि अन्य इन्फ्लामेटरी रोगहरुमा पनि औषधीय रुपमा काम गर्ने डा. सिंहले बताए।

कस्तुरी तस्करहरुको मुख्य निशानामा पर्ने गरेको उनले बताए। ‘महंगो हुने भएकाले वनमा गएर पासो थाप्छन्,’ उनले भने।

कस्तुरीले सधैँ एकै ठाउँमा ट्वाइलेट गर्ने बताउँदै उनले भाले कस्तुरीसँग मात्र बिना हुने बताए। ‘ट्वाइलेटको गन्धले नै भाले पा पोथी भनेर छुट्याउन सकिन्छ,’ उनले भने।

डा. सिंहसँग गरिएको देशसञ्चार चौतारीको पूर्णअ‌ंश:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?