
काठमाडौँ – राप्रपा नेपालले सरकारविरुद्ध प्रदर्शन गरेको छ।
बिहीबार राप्रपा नेपालले काठमाडौँमा र्यालीसहित सरकारविरुद्ध प्रदर्शन गरेको छ।
भद्रकालीबाट सुरु भएको विरोध र्याली टुँडिखेल परिक्रमा गरी सुनधारा पुगेर सभामा परिणत भएको थियो।
‘भ्रष्ट व्यवस्था, भ्रष्ट शासक र फोहोरी राजनीतिबाट मुक्तिका लागि’ विरोध प्रदर्शन गरिएको राप्रपा नेपालले जनाएको छ। प्रदर्शनमा अध्यक्ष कमल थापालगायतका नेता कार्यकर्ता सहिभागी थिए।