
काठमाडौँ – सहकारी पीडितहरुले आफूहरुको निक्षेप फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा बिहीबार काठमाडौँमा प्रदर्शन गरिएको हो। विरोध कार्यक्रम राजधानीका विभिन्न भागबाट र्यालीसहित भृकुटीमण्डप पुगेर सभामा परिणत भएको थियो।
काठमाडौँको कालिमाटी, गोंगबु, शंखपार्क, सिफल चौर, जावलाखेललगायत ठाउँबाट उनीहरुले र्याली निकालेका थिए।
उनीहरुले आफूहरुको निक्षेपको साँवा र व्याज फिर्ता गर्न माग गर्दै दबाबमूलक पैदलयात्रा निकालेका हुन्।