
यतिबेला राजधानी काठमाडौँलाई चेरी फूलले स्वागत गरिरहेको छ । विशेषत काठमाडौँका सडक छेउमा मुस्कुराइरहेका गुलाबी चेरीका दृश्यले मन लोभ्याउँछ ।
पुराना पात झरेपछि नयाँ पात पलाएर हरियाली छाउने यस महिना फूलहरूको महिना पनि हो । प्राय:फूल फुल्ने तथा फलको लागि फूल लाग्ने समय भएकाले यो समयको दृश्य निकै मनोरम हुने गर्दछ ।
चेरी जापानको राष्ट्रिय फूल हो । यसकारण यसलाई ‘जापानी चेरी’ पनि भन्ने गरेको पाइन्छ ।
राजधानीका सहरमा यतिबेला मुस्कुराइरहेको यस फूलसँगका तस्बिर र यादहरू कैद गर्न युवा-युवतीको उत्साहजन उपस्थिती देख्न सकिन्छ । गुलाबी तथा रातो रंगको यस फूलप्रति प्राय:सबैको मोह छ । भृकुटीमण्डप, नक्साल, लैनचौर र सिनामंगल क्षेत्र यस सिंगारेको छ ।
बोटबाट झरेको फूल र त्यसका टुक्राले सिंगारिएका सडक पेटीहरूको दृश्य पनि उस्तै गज्जब छ । र त, लाग्छ यतिबेला राजधानीमा चेरी फूलले वसन्त ऋतुलाई स्वागत गरिरहेको छ ।
थप तस्बिरहरू: