बाह्रखरी गल्फको उपाधि कार्कीलाई

बाह्रखरी गल्फको उपाधि कार्कीलाई
+
-

काठमाडौं- अर्जुन कुमार कार्कीले बाह्खरी गल्फको उपाधि जितेका छन्। शनिबार सम्पन्न भएको ‘एनसेल बाह्रखरी गल्फ’ को सातौं संस्करणको उपाधि कार्कीले जितेका हुन्। उपाधि जितेका कार्कीले सुनको बल पुरस्कार स्वरुप प्राप्त गरे।

पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनकुमार कार्कीले ३९ अंक जोड्दै च्याम्पियन बने। आठ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने ब्याक नाइनमा १७ अंक जोडे।

यससँगै चार ह्यान्डीक्याप खेल्ने रमेश गुरुङले ३३ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । बेस्ट ग्रसमा रमेश गुरुङ र टासी छिरिङले समान अंक जोडेका थिए। तर ब्याक नाइनमा रमेशले १६ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते। टासीले ब्याक नाइनमा १४ अंकमात्र जोडे। नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन्। शेर्पाले पाँच बर्डी प्रहार गरेका थिए।

पुरुषतर्फ लिलाजंग गुरुङले दोस्रो स्थान हासिल गरे। गुरुङले ३७ अंक जोडेका थिए। पुरुषतर्फको उपविजेतामा दुई खेलाडीबिच अंक बराबर भएको थियो। काउन्ट ब्याकमा १९ अंक जोड्दै गुरुङले दोस्रो स्थान हासिल गरे। गुरुङसँग अंक बराबर गरेका आयुश मानन्धरले काउन्ट ब्याकमा १७ अंक जोडे।

त्यस्तै महिलातर्फको उपाधि सुस्मा सिंहले जितिन्। उनले ३६ अंक जोडेकी थिइन्। उपविजेता बनेकी बालकासी गुरुङले ३० अंक जोडिन्।

क्लोजेस्ट टू द पिनको उपाधि संगम केसीले जिते। चौथो होलमा राखिएको ‘होल इन वन’ को पुरस्कारमा ‘बीवाईडी’ को ‘अट्टो थ्री’ गाडी जित्न दुई यार्डले चुकेका थिए। लङ्गेस्ट ड्राइभको उपाधि बानचेन ढुन्डुपले जिते। उनले ३२० यार्ड लामो ड्राइभ प्रहार गरेका थिए।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १०७ जना पुरुष र १० जना महिला गरी कुल ११७ जना खेलाडीको सहभागिता थियो। प्रतियोगिताको पहिलो दिन चार महिला र ६० पुरुष गरी ६४ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । दोस्रो दिन ६ महिला र ४७ पुरुष गरी कुल ५३ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए।

समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नभईकन ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाह्रखरी मिडियाले गरेको कार्यक्रमले व्यवसायीमा सकारात्मक सन्देश दिएको बताएका थिए। कार्यक्रममा सांसद विद्या भट्टराई, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतको उपस्थिति रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?