संगीतकार तथा गायक सन्तोष श्रेष्ठले दाेस्राे पटक लेखाए गिनिज बुकमा नाम

संगीतकार तथा गायक सन्तोष श्रेष्ठले दाेस्राे पटक लेखाए गिनिज बुकमा नाम
+
-

काठमाडौं- संगीतकार तथा गायक सन्तोष श्रेष्ठले दोस्राे पटक गिनिज बुकमा नाम लेखाएका छन्।

विश्वका पचास देशका पचास भाषाका गीतलाई संगीतबद्ध गरेर २०७८ चैत ९ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका श्रेष्ठले फरक काममा दोस्रोपटक नाम लेखाएका हुन्।

विश्वको अग्लो ठाउँमा प्रत्यक्ष वाद्यवादनसहितको गायन तथा म्युजिक भिडियो छायांकन गरिएको तिलिचो ताल…बोलको गीतलाई संगीतबद्ध गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमार्फत् संगीतकार श्रेष्ठले विश्वकीर्तिमान कायम गरेको प्रमाणपत्र प्राप्त गरेका हुन्।

हालसम्म सबैभन्दा उचाइमा ५,१०५ मिटर (१६,७४८ फिट २ इन्च) उचाइमा तिलिचो तालभन्दा माथिल्लो भागमा उक्त गीतको रेकर्डिङ र छायांकन गरिएको थियो।

गीतकार डा. डी.आर. उपाध्यायद्वारा रचित तिलिचो ताल… बोलको गीतलाई संगीतकार सन्तोष श्रेष्ठले संगीतबद्ध गरेका छन् भने सागर अधिकारीले स्वरांकन गरेका छन्।

तिलिचो ताल… बोलको गीत रेकर्डिङ पश्चात् उक्त गीतको छायांकन त्यही स्थानमा गरिएको थियोे। महेन्द्र चन्द ‘माइकल’को निर्देशन रहेको गीतको दृश्यमा पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई अभिनय गरेका छन्। उत्सव दाहालले छायांकन गरेको श्रव्यदृश्यलाई सिलन लम्सालको सम्पादन गरेका छन्।

राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले गिनिज बुक अफ वर्ल्ड रेकर्डमार्फत् विश्वकीर्तिमान कायम गरेका र अन्य सहायक भूमिकामा रहेका कलाकारहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाली संगीतका माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन गरेको मेहनत गर्ने श्रव्यदृश्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरे।

गीतको श्रव्यदृश्यमा आबद्ध कीर्तिमानी स्रष्टा र सहायक भूमिकामा आबद्ध सबैलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले प्रमाणपत्र उपलब्ध गराएको छ। उक्त कुरा गिनिज बुक अफ वर्ल्ड रेकर्डको वेबसाइटमा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?