
काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा सांसद्हरूको उपस्थिति पातलिँदै गएको छ ।
प्राय: सत्ता र प्रतिपक्ष दुवैतर्फ खाली कुर्सीका बाबजुद चन्ने बैठक प्रधानमन्त्रीले विश्वासको मत लिँदाको दिन भने भरिएको थियो ।
गत फागुन ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदाको दिन भरिभराउ भएको संसदमा पुन:विस्तारै सांसद्को उपस्थिति पातलिन थालेको हो ।
बैठकमा सांसद् उपस्थित नै हुँदैनन् । भएका पनि हाजिर र मुख्य काम गरी फर्किनाले संसद् खाली खाली चलिरहन्छ ।
थप तस्बिरहरू: