हाफ म्यारथनमा दीपक र सन्तोषीलाई उपाधि

हाफ म्यारथनमा दीपक र सन्तोषीलाई उपाधि
+
-

काठमाडौं- नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको मुख्य स्पर्धाका रुपमा रहेको हाफ म्याराथनको उपाधि जितेका छन्। शनिबार भएको स्पर्धामा दीपकले पुरुष तथा सन्तोषी महिला तर्फ उपाधि जितेका हुन्।

एसियन क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपका दोहोरो स्वर्ण विजेता दीपकले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे। त्यस्तै सागमा स्वर्णधारी (५ हजार मिटर दौड) एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ७ मिनेट ४२ सेकेन्ड समयमा दोस्रो स्थानमा रहँदा पर्वतका तीर्थ पुन १ घण्टा ७ मिनेट ४३ सेकेन्ड समय निकाल्दै तेस्रो भए।

त्यस्तै महिला तर्फ सागमा स्वर्ण विजेता (१० हजार मिटर दौड) र ढाका म्याराथन (४२.१९५ किलोमिटर) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठले जितिन्। उनले निर्धारित दूरी १ घण्टा २० मिनेट १९ सेकेन्डमा पुरा गरेकी थिइन। त्यस्तै १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा नेपाल प्रहरीकी राममाया बुढा दोस्रो स्थानमा रहँदा १ घण्टा २३ मिनेट ०२ सेकेन्डमा ढाका म्याराथनकी स्वर्ण विजेता एपीएफकी पुष्पा भण्डारी तेस्रो बनिन्।

पुरुष र महिला दुवैमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरेका थिए। नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका खेलाडीको वर्चस्व रह्यो।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मासात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनका लागि जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको तेश्रो संस्करणमा ७ हजार बढी प्रतिस्पर्धीको सहभागिता रहेको आयोजकले जनाएको छ । ८ विधामा भएको दौडको कुल पुरस्कार राशी कर बाहेक ११ लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ।

युनाइटेड स्टेट्स सोयबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को मुख्य प्रायोजन तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको दौडलाई पशु सेवा विभाग र नेपाल दाना उद्योग संघअन्तर्गतका दाना उद्योगीहरुको विशेष सहयोग गरेको आयोजकले जनाएको छ। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ पुनः दशरथ रंगशालामै आएर टुंगिएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?