
काठमाडौँ – सद्भावको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार तराईमा मनाइने छ। साथीभाइ, आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो।
फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदैन नाचगान पनि गरिन्छ। बुढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन्। र सबै मिलेर रमाइलो गर्छन्।
काठमाडौँ उपत्यकामा पनि होली पर्व धुमाधामका साथ मनाइन्छ। काठमाडौँको वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्।
तस्बिरमा हेर्नुहोस् काठमाडौँको वसन्तपुर, दरबारमार्ग, न्यूरोडलगायतका स्थानको होलीः