निर्मला हत्या प्रकरण : महेन्द्रनगरसहितका ठाउँमा प्रदर्शन जारी

निर्मला हत्या प्रकरण : महेन्द्रनगरसहितका ठाउँमा प्रदर्शन जारी
+
-

धनगढी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या आरोपमा एकजनालाई सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन बिहीबार तेस्रो दिनपछि जारी छ । बिहानैदेखि महेन्द्रनगरमा चौक–चौकमा विरोध र प्रदर्शन भइरहेका छन ।

बुधबारसम्म महेन्द्रनगरमा मात्रै केन्द्रित आन्दोलन बिहीबार भने जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको छ । ठाउँ ठाउँमा टायर बाल्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीले निर्मलाको बलात्कारपछि हत्यामा संग्लन वास्तविक अपराधी पत्ता लगाउनुपर्ने र एसपीमाथि कारबाही हुनु पर्ने माग गर्दै आएका छन् ।

वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ती सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्ने लगायतका माग राखेर प्रदर्शन सुरु भएको हो ।

बिहीबार पनि बजार बन्द छन् भने यातायात र शिक्षण संस्था समेत सञ्चालन हुन सकेका छैनन् । आन्दोलन चर्कँदै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि कैलालीबाट पनि थप सुरक्षाकर्मी आएका छन् ।

गृहमन्त्रालको निर्देशनमा प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा एसएसपी बिक्रमबहादुर चन्द समेत पठाएको बताइएको छ । बिहान ३ बजे महेन्द्रनगर पुगेका चन्दले घटनाबारे जानकारी लिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?