एनएनआइपिए स्पोर्टस अवार्ड: ३६ खेलाडी वर्ष उत्कृष्ट हुँदा दीपक र सुष्मा सर्वोत्कृष्ट

एनएनआइपिए स्पोर्टस अवार्ड:  ३६ खेलाडी वर्ष उत्कृष्ट हुँदा दीपक र सुष्मा सर्वोत्कृष्ट
+
-

काठमाडौं- नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘एनएनआइपिए स्पोर्ट्स अवार्ड’ अन्तर्गत २०७९ का सर्वोत्कृष्ट खेलाडीको उपाधि बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारीले जितेका छन्।  १८ औं एनएनआइपिए स्पोर्टस अवार्डमा विभिन्न ३६ खेलका ३६ खेलाडी वर्ष खेलाडीका रुपमा अवार्ड हात पार्न सफल भए।

गत वर्ष सुष्माले एसियन युथ बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन्। दीपकले  भने एसियन क्रसकन्ट्रीमा एकल र टिममा स्वर्ण पदक जित्न सफल भएका थिए। अवार्ड समारोहमा स्विमिङकी डुवाना लामा र राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल प्रतिभावान खेलाडी घोषित भएका थिए।

एनएनआइपीएले २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३६ खेलका समान एक-एक खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडीको अवार्ड द्वारा समानित गरेको थियो। सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट घोषित उनीहरुले जनही १० हजार प्राप्त गरे।

अवार्ड समारोहमा सर्वोत्कृष्ट खेलाडीले जनही १ लाख र प्रतिभावान खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गरे। टेबल टेनिसका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवंम नेपालका‌ लागि सर्वाधिक अन्तर्राष्ट्रिय पदक विजेता धर्ममान बज्राचार्य गजराज आर्दश खेल व्यक्तित्वबाट सम्मानित भए।

त्यस्तै खेल पत्रकार अजय फुयाल एनएनआइपिए खेलकुद पत्रकारबाट सम्मानित भएका थिए। बज्राचार्य र फुयालले समान ३५-३५ हजार नगद प्राप्त गरे। त्यस्तै भारोत्तोलनका दुर्गामान तामाङ पारा खेलाडीको अवार्ड हात पार्न सफल भए।

एनएनआइपीए स्पोर्ट्स अवार्ड २०७९ विजेता

सर्वोत्कृष्ट खेलाडी (१ लाख)

महिला- सुष्मा तामाङ (बक्सिङ)

पुरुष- दीपक अधिकारी (एथलेटिक्स)

प्रतिभाशाली खेलाडी  (५० हजार)

महिला- डुवाना‌ लामा (स्विमिङ)

पुरुष- रोहित पौडेल (क्रिकेट)

दुर्गामान तामाङ-  पारा खेलाडी (भारोत्तोलन )

गजराज आर्दश खेल व्यक्तित्व- धर्ममान बज्राचार्य (टेबल टेनिस, ३५ हजार)

एनएनआइपिए खेलकुद पत्रकार अवार्ड-अजय फुयाल (खेलाडी डटकम, ३५ हजार)

एनएनआइपीए वर्ष उत्कृष्ट खलाडी-२०७९

आर्चरी-प्रसाद आचार्य,

एथलेटिक्स-दिपक अधिकारी

ब्याडमिन्टन- प्रिन्स दाहाल,

बास्केटबल-अनुसा मल्ल

बडिविल्डिङ-असिम बाबु गुरुङ

बक्सिङ-सुष्मा तामाङ

चेस-रुपेश जैसवाल

क्रिकेट-रोहित पौडेल

साइक्लिङ-सुरुज राना मगर

फेन्सिङ-शिक्षा नापित

फुटबल-किरण चेम्जोङ

फुल कन्ट्रयाक्ट कराते-सन्देश मानन्धर

गल्फ-सुवास तामाङ

जिम्न्यास्टिक- राजु राई

ह्यान्डबल-शान्तीकला राई

हक्की-महेश धानी

आइटीएफ तेक्वान्दो-रुविका खड्का

जुडो-देवकी माया श्रेष्ठ,

कबड्डीकी-अनुजा कुलुङ राई

कराते-विजय श्रेष्ठ

खोखो-सरस्वती कठायत,

लन टेनिस-सलोनी तामाङ

प्याराग्लाइडिङ-रिता श्रेष्ठ थापा,

रग्बी-निरज कार्की

सेपाकताक्रो-उषा महर्जन

सुटिङ-सुजन रानामगर

सफ्ट टेनिस- युकेश योञ्जन

स्क्वास-अमृत थापा मगर

स्वीमिङ- डुवाना लामा

टेबल टेनिस-स्यान्टु श्रेष्ठ

तेक्वान्दो-काजल श्रेष्ठ

ट्रयाथलन-सेरवी महर्जन

भलिबल-रविन चन्द

भारोत्तोलन-जुनमाया छन्तयाल

रेस्लिङ-सुरेश चुनारा

उसु-सनम गुर्सी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?