
काठमाडौं- गत फागुनमा भएको एसीसी वुम्नस प्रिमियर कपलाई एसिया कप छनोटको आधारका रुपमा हेरिएको थियो। तर उक्त प्रतियोगितामा नेपाल मलेसियासँग ४ विकेटले पराजित हुँदै एसियाकप छनोटको अवसरबाट बाहिरिएको थियो। तर एसीसीले एसियाकपमा ७ बाट अर्को एक टोली थप्दै ८ टोलीको सहभागिता निश्चित गरेसँगै नेपाली महिला टोलीले पनि एसियाकप खेल्न पाउने पक्का भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नेपालको सहभागिता निश्चित भएको जानकारी दिएको हो। यसअघि प्रिमियर कपमा फाइनल खेल्ने दुई टोलीको एसियाकप निश्चित हुँदा नेपाल भने मलेसियासँग सेमिफाइनलमा पराजित हुन पुग्दा एसियाकपको सोझै छनोटको अवसरबाट बञ्चित भएको थियो।
नेपाली महिला टोलीको एसिया कपमा यो तेस्रो सहभागिता हुने छ। नेपालले यसअघि २०१२ र २०१६ मा टी-२० एसिया कप खेलेको थियो। यसपटकको एसिया कप पनि टी-२० फर्म्याटमा हुँदै छ। एसिया कपको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र युएई रहेका छन्। नेपालले जुलाई १९ मा पाकिस्तान, जुलाई २१ मा युएई र जुलाई २३ मा भारतसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ। त्यस्तै समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड रहेका छन्।
यस्तो छ खेल तालिका