निर्मला हत्या प्रकरण

कञ्चनपुरमा गोली चल्यो, ८ जना घाइते

कञ्चनपुरमा गोली चल्यो, ८ जना घाइते
+
-

कञ्चनपुर – १३ वर्षकी बालिकाको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा वास्तविक अपराधीलाई उम्क्याउन निर्दोषलाई अपराधीको रुपमा खडा गरिएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।

तेस्रो दिन बिहीबार अवस्था थप तनावग्रस्त भएको छ । भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अपराधीलाई जोगाउन चाहेको भन्दै स्थानीयले सुरु गरेको आन्दोलनको क्रममा बिहीबार गोली चलेको छ ।

गोली लागेर ८ जना घाइते भएका छन् । तर प्रहरीले भने हवाई फायर मात्रै गरेको दाबी गरेको छ । महेन्द्रनगरको ट्राफिक चोकमा गोली चलेको हो बुधबारसम्म महेन्द्रनगरमा मात्रै केन्द्रित आन्दोलन बिहीबार भने जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको छ ।

गाेली लागेर अर्जुन भण्डारी, तेज भट्ट, तिर्थ पनेरु, मनोज बुढा, किरन पाण्डे, सन्तोष कडरिया र प्रहरीका हवल्दार हर्क ब. पाल, जवान महेश भट्ट घाइते भएका छन् । अवस्थालाई नियन्त्रणमा लिन कर्फ्यु लगाउन सकिने प्रहरी उच्च स्रोतले बताएको छ । अवस्था नियन्त्रणमा नआए दिउँसो तीन बजेदेखि कर्फ्यु लगाउन सकिने प्रहरी स्रोतले बताएको छ ।

ठाउँ ठाउँमा टायर बाल्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीले निर्मलाको बलात्कारपछि हत्यामा संग्लन वास्तविक अपराधी पत्ता लगाउनुपर्ने र एसपीमाथि कारबाही हुनु पर्ने माग गर्दै आएका छन् ।

वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ती सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्ने लगायतका माग राखेर प्रदर्शन सुरु भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?