गुजरातलाई हराउँदै चेन्नईको लगातार दोस्रो जित

गुजरातलाई हराउँदै चेन्नईको लगातार दोस्रो जित
+
-

इन्डियन प्रिमियर लिग(आइपिएल) मा पाँच पटकको विजेता चेन्नईले लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा साविक फाइनलिस्ट गुजरातलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित हासिल गरेको हो। यसअघि चेन्नईले जारी सिजनको पहिलो खेलमा बैंगलोरलाई ६ विकेटले पराजित गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईका लागि न्युजिल्यान्डका रचिन रविन्द्र र शिवम् दुवेले विस्फोटक इनिङ खेलेका थिए। उत्कृष्ट सुरुवात गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो। उसका लागि रचिनले २० बलमा ६ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाउँदा ऋतुराज गायकवाडले ४६ रन बनाएका थिए। उनीहरुले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गरे त्यस्तै चौंथो नम्बरमा ब्यटिङका लागि आएका शिवम् दुवेको इनिङ चेन्नईलाई उच्च स्कोरमा पुर्‍याउन महत्वपूर्ण बन्यो। दुवेले २३ बलमा ५१ रन बनाएका थिए। त्यस्तै ड्यारीयल मिचेल २४ रनमा नटआउट रहँदा अजिंक्य रहाणेले १२ रन र रविन्द्र जडेजाले १४ रन बनाए।

जवाफमा गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रनमै समेटियो। उसका लागि लागि साइ सुदर्शनको ३७ रन सर्वाधिक रह्यो। उनी बाहेक ऋद्दिमान साहा र डेभिड मिलरले २१-२१ रन बनाउँदा विजय संकरले १२ तथा अजमतुल्लाह ओमरजाइले ११ रन बनाएका थिए। उमेश यादव १० रनमा अविजित रहे। चेन्नईका लागि दिपक चाहार, मुस्ताफिजुर रहमान र तुषारदेश पाण्डेले समान २-२ विकेट लिंदा ड्यारी मिचेल र मथिसा पथिरनाले समान १-१ विकेट लिएका थिए।

आइपिएल अन्तर्गत बुधबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स हैदराबादमा साँझ ७:४५ मा प्रतिस्पर्धा गर्दै छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?