
नेपालगञ्ज – बाँकेमा यो वर्ष नौ हजार दुई सय ९३ जनाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने भएका छन्।
शिक्षा समन्वय इकाई कार्यालयका शाखा अधिकृत लोकबहादुर शाहीका अनुसार, चैत्र १५ गतेदेखि सञ्चालन हुने एसईईमा चार हजार ७ सय ६३ छात्र र ४ हजार ५ सय ३० जना छात्रा परीक्षामा सहभागी हुँदै छन्।
बाँकेमा ३४ वटा परीक्षा केन्द्र छन् । नेपालगञ्ज उपमहानगरपालिकामा नौ वटा, कोहलपुर नगरपालिकामा १० वटा, बैजनाथ, राप्तीसोनारी र खजुरा गाउँपालिकामा ४/४ वटा, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकामा एक/एक वटा केन्द्र रहेका छन्।
यसपालिको एसईईमा देशभरमा दश हजार ८ सय ६ वटा विद्यालयका ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थी सहभागी हुँदै छन्।