
इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादले कीर्तिमानी ब्याटिङ गरेको छ। हैदराबादले २०१३ मा रोयल च्यालेन्जर्स बैंगलोरले बनाएको २ सय ६३ रनको सर्वाधिक रनको कीर्तिमान भंग गरेको छ। बैंगलोरले २०१३ मा तत्कालिन टोली पुर्णे वारियर्स विरुद्ध २ सय ६३ रन बनाएको थियो।
११ वर्षपछि हैदराबादले आइपिएलमा सर्वाधिक रनको कीर्तिमान आफ्नो नाममा पार्न सफल भयो। घरेलु टोलिले मुम्बई इन्डियन्स विरुद्ध कीर्तिमानी रुपमा २ सय ७९ रनको लक्ष्य प्रस्तुत गर्दै आइपिएलमा सर्वाधिक रनको कीर्तिमान बनाएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादका लागि ट्रेभिस हेड, अभिषेक शर्मा र हेनरिक क्लासेनले विष्फोटक अर्धशतक खेल्दा मुम्बईका बलर निरीह रहे। ट्राभिस हेडले १८ बलमै अर्धशतक बनाएका थिए। उनी हैदराबादका लागि सर्वाधिक चाँडो अर्धशतक बनाउने खेलाडी बने। तर उनको कीर्तिमान आधा घण्टापछिनै अभिषेक शर्माले तोडे। हेड कुल ६२ रनमा आउट भए। उनले २४ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए।
हेडको कीर्तिमा तोड्दै १६ बलमै शर्माले अर्धशतक प्रहार गरे। शर्मा २३ बलमा ६३ रन बनाएर आउट भए। उनले आफ्नो इनिङमा ३ चदका र ७ छक्का प्रहार गरेका थिए। त्यसपछि क्रिजमा आएका हेनरीक क्लासेन सर्वधिक रन बनाउँदै नटआउट रहे। उनले ३४ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै ८० रनमा अविजित रहे। त्यस्तै एडन माक्रम २८ बलमा ४२ रन बनाएर अविजित रहे। उसका मायंक अग्रवालले ११ रन बनाएका थिए। त्यसअघि ट्राभिस हेडले ५ रनमा जिवन दान पाएका थिए।
मुम्बईका बलर भने स्तब्ध बनेका थिए। कुनैपनि बलर किफायति बन्न सकेनन्। जस्प्रित बुमराहले ४ ओभर बलिङ गरेर ३६ रन दिनु सर्वाधिक कम स्कोरका रुपमा रह्यो। मुम्मबई केही समय पछि जवाफि ब्याटिङका लागि मैदान उत्रिंदै छ। अहिले सम्मको उच्च रन चेजको कीर्तिमा राजस्थानको नाममा रहेको छ। राजस्थानले २०२० मा पञ्जावले दिएको २ सय २४ रनको लक्ष्य चेज गर्दै २ सय २६ रन बनाएको थियो। जुन आइपिएल इतिहासको सर्वाधिक उच्च रन चेजको कीर्तिमान हो।