विद्यालयको नाम नेपालीमा राख्न काठमाडौं महानगरपालिकाको निर्देशन

विद्यालयको नाम नेपालीमा राख्न काठमाडौं महानगरपालिकाको निर्देशन
+
-

काठमाडाैँ – काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुलाई नेपाली नाम राख्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै नेपाली वा नेपालीपन झल्कने नाम राख्न भनेको हो ।

शिक्षा नियमावली, २०५९ को नियम १५४ ९१० तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने सूचनामा उल्लेख छ ।

विद्यालयको नामाकरण प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित महानगरको शिक्षा विभागमा निवेदन पेश गर्न भनिएको छ ।

‘काठमाडौं महानगरपालिकाअन्तर्गतका अधिंकाश संस्थागत विद्यालयहरुको नाम नियमावलीमा भएको व्यवस्थाबमोजिम भएको नदेखिएकाले नेपालीपन झल्कने नाम नभएका विद्यालयहरुले नियमावलीमा व्यवस्था भएबमोजिम विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित यस विभागमा निवेदन पेश गर्नुहुन अनुरोध छ’, सूचनामा उल्लेख छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?