
काठमाडौं- युएस ओपन करातेमा १८ देखी ३४ बर्ष उमेर समुहमा महिला कुमुते तर्फ नेपालकी अनु अधिकारीले स्वर्ण पदक हात पारेकी छिन्।
निकै उत्कृष्ट लयमा प्रदर्शन गरेकी अनुले सेमिफाइनलमा अल्वानियाकी खेलाडीलाई पराजित गर्दै फाइनलमा पुगेकी थिइन्। उनले फाइनलमा अमेरिकी खेलाडीमाथी ६-० को सहज जित निकाल्दै स्वर्ण चुमिन्।
१३ औं सागमा स्वर्ण पदक जितेकी अनुले यहि एउटा इभेन्टमा सहभागिता जनाएकी थिइन। उनले स्वर्ण जित्दा खुसि लागेको बताइन्। यसअघि युएस ओपन अन्तर्राष्ट्रिय करातेमा एसियाडमा रजत विजेता एरिका गुरूङले जुनियरतर्फ स्वर्ण र सिनियरमा रजत पदक जित्न सफल भएकी थिइन्।
जुनियरतर्फ आइतबार राति भएको खेलमा एरिकाले यू-२१ अन्तर्गत ६८ केजी तौलमाथिको स्पर्धामा स्वर्ण जितेकी थिइन्।