गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
+
-

पोखरा- गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार बिहान प्रदेश प्रमुख दिल्लीराज भट्टसमक्ष राजीनामापत्र बुझाएका हुन्।

राजीनामा दिनुअघि बसेकाे मन्त्रिपरिषद बैठकमा पाण्डेले राजीनामा दिन लागेको जानकारी गराएका थिए।

मुख्यमन्त्री पाण्डे पहिलेदेखि नै राजीनामा दिएर फेरि मुख्यमन्त्री बन्ने दाउमा छन्। त्यसैले उनले विश्वासको मत नलिएका हुन्।

विश्वासको मत लिनलाई उनले मंगलबार दिउँसो २ बजेसम्म प्रदेशसभा सचिवालयमा जानकारी गराउनुपर्नेमा त्यसो गरेका थिएनन्।

१६८ को उपधारा ३ मा प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने प्रावधान छ। यही प्रावधानअनुसार पाण्डे पुनः मुख्यमन्त्री नियुक्त हुने दाउ बनाएका छन्।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत पुर्‍याउन ३१ सदस्य चाहिन्छ। ठूलो दल कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८ (सभामुखसहित), राप्रपाको २ र स्वतन्त्र जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका १ सांसद छन्। राप्रपाले समर्थन नगरेसम्म कांग्रेस र एमाले माओवादी गठबन्धनको सरकार बन्न सक्ने अवस्था छैन।

कांग्रेसलाई राप्रपाले समर्थन गरेर मात्रै पुग्दैन। एमाले माओवादी गठबन्धनका एक जना सांसदले फ्लोर क्रस गर्नैपर्छ। नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका नेसपाका फणिन्द्र देवकोटाले फ्लर क्रस गर्ने कांग्रेसको दाबी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?