सन् १९९८ तिर धादिङबाट काठमाडौं पढ्न आएका थिए कलाकार रबिन्द्रसिंह बानियाँ। पढाइसँगै केही न केही काम त गर्नुपर्छ भन्ने लागिरहन्थ्यो उनलाई। कि पैसा कमाउने, कि त केही सिक्ने काम गर्नैपर्थ्या। उनले रोजे सिक्ने काम। तर के सिक्ने त? यही दुविधामा रुमलिइरहँदा रबिन्द्रलाई रंगकर्मी जेबी रुवालीले अभिनय सिक्न सल्लाह दिए।
अभिनय खुबै मनपर्थ्याे रबिन्द्रलाई। सहरका नाटक घरहरूमा मञ्चन हुने नाटक हेर्न पुगिरहन्थे उनी। नेपाल भारतका चलचित्रहरू हेर्दै हुर्किएका रबिन्द्र पुतलीसडकस्थित ‘परिवर्तन नेपाल’मा पुगे। भर्ना भए। अभिनय सिक्न थाले। उनीसँगै अभिनय सिक्न रंगकर्मी अशान्त शर्मा, शंकर विसी, बाबु बोगटी, हरिश सिग्देल अर्थात् आर्यन सिंग्देलसँग संगत गर्न पाए।
बिस्तारै अभिनय सिक्ने क्रममा रबिन्द्रको भेट भयो बिबिसीको ‘कथा मिठो सारंगी’ रेडियो नाटकमा रंगकर्मी खगेन्द्र लामिछानेसँग। दुवैले रेडियोमा नाटक गर्दै रंगमञ्चमा पनि सक्रियता देखाउँदै अघि बढे।
‘म त पढेको अथवा घोकेको कुरा बिर्सिन्थें। मान्छे अगाडि बोल्न लाज लाग्थ्यो। हेजिटेसन थियो मभित्र। त्यस्तो मान्छे अभिनयमा कहाँ आइन्छ भन्ने लाग्थ्यो। तर अभिनयमा त झन बढी घोक्नु पर्दोरहेछ। घोकेको कुरालाई प्रस्तुत गर्न स्मरण गर्नुपर्दो रहेछ। र लाज पचाएर अभियन गर्नुपर्दो रहेछ। यसरी म अभिनय सिक्न थालेको थिएँ,’रबिन्द्रले स्मरण गरे।
खगेन्द्रले चुनौती मोल्न तयार भएपछि रबिन्द्रलाई सकारात्मक प्रभाव पर्याे। उनी पनि हौसिए चलचित्र बनाउन। भन्छन्, ‘आफ्नो प्रोजेक्ट हो भने किन पछाडि हट्नु भनेर लागें। तर समस्या थियो लगानीको। फेरि साथीहरूले कार्यकारी निर्माताका रूपमा नाम राखिदिए। लहैलहैमा कार्यकारी निर्माता हुन पुगेपछि लगानी खोज्ने कर्तव्य पनि आइलाग्यो। तर पछाडि हटिनँ।’
सिनेमा क्षेत्रमा लाग्ने कल्पना पनि नगरेका रबिन्द्र यस्तो समयमा अभिनय सिक्दै चलचित्र क्षेत्रमा पनि रंगकर्मीले काम गर्नुपर्छ भनेर हौसिने समय थियो। यस्तैमा खगेन्द्र र रबिन्द्रले चलचित्र बनाउने मुड बनाए। रंगकर्मी अनुप बरालले निर्देशन गरेको चिनियाँ लेखक लु सुनको कथा ‘द ट्रु स्टोरी अफ आ क्यु’मा आधारित नाटक ‘टलक जंग भर्सेस टुल्के’ हेरेका थिए रबिन्द्र र खगेन्द्रले।
नाटकले ठूलै चर्चा पाएको थियो। नाटकको सफलतापश्चात् भारतमा पनि मञ्चन गर्न लगियो। त्यो नाटकको टलक जंग पात्रको भूमिकामा देखिन साह्रै मन थियो खगेन्द्रलाई। अनि खगेन्द्रले नाटकलाई नेपालीकरण गरे। फिल्म बनाउन नै कस्सिए।
खगेन्द्रकै पटकथा थियो। टलक जंग भर्सेस टुल्केको भूमिका खगेन्द्र स्वयंले गर्ने भए। बाँकी को कहाँ बसेर काम गर्ने भन्ने त्यस्तो सीमा थिएन। जसले जे सकिन्छ त्यही गर्नु थियो। अनि रबिन्द्रको भागमा पर्याे कार्यकारी निर्माता र विनय बाबुसाहेवको भूमिका।
कार्यकारी निर्माता त्यो समय ख्यालख्यालमा बसेको बताउँछन् रबिन्द्र। केही लाख पैसा हालेर कार्यकारी निर्माता पनि भएको होइन। आफ्नो प्रोजेक्ट निकाल्न कुनै न कुनै ठाउँमा बसेर काम गर्नुपर्ने अवस्था थियो उनलाई। यही क्रममा कार्यकारी निर्माताको रूपमा चिनिन पुगे। उनी भन्छन्, ‘अहिले सम्झिँदा के लाग्छ भने कार्यकारी निर्माताले गर्नुपर्ने काम भंयकर रहेछ। लगानी खोज्नु मात्रै कार्यकारी निर्माता होइन रहेछ भन्ने अहिले आएर थाहा पाउँदै छु।’
‘फिल्म बनाउने भनेर हौसियौं तर कसले के गर्ने भन्ने थिएन। लगानीमा पनि समस्या थियो,’ रबिन्द्रले भने, ‘नजानेको काम कसरी गर्ने भन्ने त्रास पनि उस्तै थियो। तर खगेन्द्रले एउटा हिम्मतका साथ यस्तो भने— अरूको बुद्धिले राजा हुनुभन्दा आफ्नै बुद्धिले जोगी हुने हो तर यो काम चाहिं गर्न पछाडि हटिन्न।’
खगेन्द्रले चुनौती मोल्न तयार भएपछि रबिन्द्रलाई सकारात्मक प्रभाव पर्याे। उनी पनि हौसिए चलचित्र बनाउन। भन्छन्, ‘आफ्नो प्रोजेक्ट हो भने किन पछाडि हट्नु भनेर लागें। तर समस्या थियो लगानीको। फेरि साथीहरूले कार्यकारी निर्माताका रूपमा नाम राखिदिए। लहैलहैमा कार्यकारी निर्माता हुन पुगेपछि लगानी खोज्ने कर्तव्य पनि आइलाग्यो। तर पछाडि हटिनँ।’
जुनसुकै काम गर्न पनि अर्थ अगाडि आउँछ। अर्थ नै तगारो बनिदिएपछि धेरै काम रोकिन पुगेका कथा प्रशस्त छन्। टलक जंग भर्सेस टुल्के पनि आर्थिक अवस्थाकै कारण नबन्ने हो कि भन्ने तनाव थियो। रेडियोबाट काम गरेको तलबले पाँच सात लाख त भयो तर पुगेन। त्यसपछि रबिन्द्र लगानी खोज्न थाले।
बजारमा एक चिनेको लाहुरेको एउटा घडेरी थियो। घडेरीको लालपूर्जा बोकेर रबिन्द्र पैसा खोज्न थाले।
‘एक जना बानियाँ थरका साथीलाई लालपूर्जा धराैटी राखेर फिल्म बनाउने पैसा मागे। यदि फिल्मले पैसा कमाएन भने यो लालपूर्जाको जमिन म पास गरिदिने छु। अहिले फिल्म बनाउने अपुग पैसा हाल्दिनूस् भनें। उहाँले मान्नु त भयो तर काम गर्दै जाँदा पैसाले पुगेन,’ उनले भने, ‘अनि मेरो सासुआमा अर्थात गर्लफ्रेन्डको आमा (जतिखेर मेरो गर्लफ्रेन्डसँग विवाह पनि भएको थिएन) सँग पैसा खोजिदिन भनें। उहाँले सुन राखेर पैसा निकालेर मलाई दिनुभयो।’
निकै दुःख गरी फिल्म निकाले रबिन्द्रकाे टिमले। प्रदर्शन गरे। चलचित्र बक्स अफिसमा कमाल त गरेन तर घाटा पनि भएन। लगानी उठाइहाल्यो। समीक्षा राम्रै पायो। विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा राम्रै तारिफ बटुल्यो। ‘८६ लाखमा सकिएको थियो फिल्म हलमा पुग्दा। पैसा उठायो। सबैको पैसा फिर्ता गरियो,’ उनले भने।
यत्रो जोखिम उठाउन हिम्मत आउनुको कारण थियो लुटका निर्देशक निश्चल बस्नेत। उनका अनुसार निश्चलको दोस्रो चलचित्र टलक जंग भर्सेस टुल्के हुने भएपछि उनीहरू थप हौसिएका थिए। ‘लुटबाट निश्चलले कमाएको ब्याजले पनि हामीलाई केही सपोर्ट गर्याे भन्ने लाग्छ,’ रबिन्द्रले भने।
कार्यकारी निर्माता त्यो समय ख्यालख्यालमा बसेको बताउँछन् रबिन्द्र। केही लाख पैसा हालेर कार्यकारी निर्माता पनि भएको होइन। आफ्नो प्रोजेक्ट निकाल्न कुनै न कुनै ठाउँमा बसेर काम गर्नुपर्ने अवस्था थियो उनलाई। यही क्रममा कार्यकारी निर्माताको रूपमा चिनिन पुगे। उनी भन्छन्, ‘अहिले सम्झिँदा के लाग्छ भने कार्यकारी निर्माताले गर्नुपर्ने काम भंयकर रहेछ। लगानी खोज्नु मात्रै कार्यकारी निर्माता होइन रहेछ भन्ने अहिले आएर थाहा पाउँदै छु।’
अहिले रबिन्द्रलाई ‘कार्यकारी निर्माताको कमी नेपाली चलचित्र उद्योगमा भंयकर छ’भन्ने लाग्छ।
कार्यकारी निर्माताका साथै अभिनयलाई पनि सँगसँगै लिएर अगाडि बढिरहेका रबिन्द्रलाई अभिनय र कार्यकारी निर्माता फापेको छ। नत्र उनी कार्यकारी निर्माता रहेको चलचित्र ‘जात्रा’को सिक्वेल जात्रैजात्रा, महाजात्राले बक्स अफिसमा नचिताएको उछाल ल्याउँथेन होला।
निर्देशक प्रदीप भट्टराईको लेखन निर्देशनसमेत रहेको जात्राको तेस्रो भाग महाजात्राको तीन मुख्य पात्रमध्ये एक पात्र जोयसको भूमिकामा रबिन्द्र छन्। उनको अभिनय यात्रा सशक्त रूपमा अगाडि बढिरहेको चलचित्र हेर्ने जो कोहीले भन्न सक्छन्। आफ्नो भूमिकामा निकै डुबेर काम गर्छन् उनी। आफूमाथि आइपर्ने हरेक जोखिमलाई स्वीकार्छन्। जबरजस्ती गरिने कामको जोखिम उठाउन डर लाग्छ नै तर उनी भन्छन्, ‘कतै भनिएको छ कि तिमी त्यस्तो काम गर जहाँ रमाउन सकियोस्। काम कामजस्तो नलागोस्। त्यसैले यो क्षेत्रमा म खुसी छु।’
सेतो सूर्यजस्ता चलचित्र पनि बनाउन मन छ रबिन्द्रलाई। कार्यकारी निर्माता भएर काम गर्दा पनि गर्वको अनुभूति होस् भन्ने लाग्छ उनलाई। भन्छन्, ‘राम्रो आइडिया लिएर कोही साथी आए त्यस्ता चलचित्रमा पनि काम गर्ने हो। मिलेर काम गर्नुपर्छ। टिम भयो भने सबै खालका चलचित्रमा हात हाल्न सकिन्छ भन्ने लाग्छ।’
कार्यकारी निर्माता भनेर कसैले सम्बोधन गर्दा रबिन्द्र अलिकति अप्ठ्यारो माने झैं गर्छन्। कलाकार भनिदिऊन् भन्ने लाग्छ उनलाई। कलाकारिता नै आधार भएकाले उनले टिममा बसेर कुनै पनि खालको भूमिका निर्वाह गर्न तयार भएको दावी गर्छन्। हुन पनि हो, उनले पशुपतिप्रसादमा हनुमानको भूमिका निर्वाह गरे, जो अन्तिममा आएर मात्रै उनी देखिन्छन्। उनी भन्छन्, ‘भूमिका बलियो होस् भन्ने हो। पात्र जोसुकै होस् तर त्यो पात्रले दर्शकमा छाप छोड्नुै नै कलाकारको उपलब्धि हो भन्ने लाग्छ।’
सुटिङ हुनु केहीअघि छलफलको क्रममा खगेन्द्रले भनेको सम्झिए— ‘तिमी हनुमानजीको चरित्र निर्वाह गर न त, डाइलग बोल्न पनि पर्दैन’ रबिन्द्रसिंह राजी भए। फिल्म रिलिजपछि सबैभन्दा धेरै चर्चा हुनुमानजीकै भयो। ‘टलकजंग भर्सेस टुल्के’को विनय बाबुसाहेब, ‘पशुपति प्रसाद’को हनुमान र ‘जात्रा’को जोयस, ‘सेतो सूर्य’को मुख्य एक पात्र, ‘झुम्की’मा इन्सपेक्टरको भूमिका निर्वाह गरेका रबिन्द्र भन्छन्, ‘काम गर्न सहज भइदिनसक्यो भने सबैको प्रिय पनि भइन्छ।’
तर जात्राको सबै सिक्वेलमा रबिन्द्रले कार्यकारी निर्माताको रूपमा काम गरे पनि टलकजंग भर्सेस टुल्के जस्ता चलचित्र बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ। दर्शकले जस्तो जस्तो खोज्नुभयो त्यस्तै काम गरेको बताउँछन् उनी। टिकाउ र बिकाउ सिनेमा बनाउन सकेन भने अर्को पटक लगानी खोज्न भौतारिनु पर्ने अवस्था पनि फिल्म उद्योगमा छ। उनी भन्छन, ‘सिधै कमर्सियल फिल्म नबनाइ नहुने भयो। दर्शकलाई मनोरञ्जन दिनु नै मेकरको प्राथमिकता हो। आर्ट खालका सोलो चलचित्र बनाउन रिक्स पनि छ।’
सेतो सूर्यजस्ता चलचित्र पनि बनाउन मन छ रबिन्द्रलाई। कार्यकारी निर्माता भएर काम गर्दा पनि गर्वको अनुभूति होस् भन्ने लाग्छ उनलाई। भन्छन्, ‘राम्रो आइडिया लिएर कोही साथी आए त्यस्ता चलचित्रमा पनि काम गर्ने हो। मिलेर काम गर्नुपर्छ। टिम भयो भने सबै खालका चलचित्रमा हात हाल्न सकिन्छ भन्ने लाग्छ।’
अभिनय नै आधार भएका कारण रबिन्द्र अभिनयबाट टाढिन नसकेको बताउँछन्। उनका अनुसार कुनै न कुनै चरित्र निर्वाह गरौं भनेर लोभ लाग्छ। उनी भन्छन्, ‘कुनै समय हिरो भएर मात्रै दर्शकको मन जित्न सकिन्छ भन्ने लाग्थ्यो। त्यही सिकाइ र परिवेशबाट हुर्किएका थियौं हामी। तर त्यस्तो होइन रहेछ। मुखै नदेखाएर खेलेको हनुमानले मलाई चिनाइदियो। टिम राम्रो भयो पात्र बलियो हुँदोरहेछ। मुख्य कुरा फिल्म नै हुनुपर्छ भन्ने हो।’
टलकजंग भर्सेज टुल्के मेकिङ गर्दा सिकेको पाठबाट पशुपतिप्रसादमा थप अब्बल काम गर्न पाएको बताउँछन् रबिन्द्र। त्यसपछि नै उनी कार्यकारी निर्माता रहेकाे जात्रादेखि महाजात्रासम्म सफलता नै सफलता पाए। यस्ताे सम्भव हुनुमा सिनेमाकाे कथामा नै बलियाेसँग काम गर्न पाएकाे बुझाइ छ उनकाे। उनी पशुपतिप्रसादकाे कथा सम्झिन पुग्छन्- रत्नपार्कमा पहिला रात्रिबजार लाग्थ्यो। दुईजना साथी बेल्ट किन्ने क्रममा अचानक चोरको आरोप लाग्यो र पसल साहुहरू मिलेर पिटेर मारेको समाचार आएको थियो। त्यो चोरले आफ्नो कुरा सुनाउने अवसर पनि पाएन। त्यसको प्रभाव थियो- खगेन्द्र र रबिन्द्रले कथा भन्ने आँट गरे।
‘त्यो घटनापछि हामीले यस्तो पात्र निर्माण गर्याैं कि जो जिन्दगीभरि चोर्नु हुँदैन भनेर हिँडेको पात्र चोरको आरोप लागेर मर्नुपर्याे। त्योभन्दा अरू दु:खान्त के हुन सक्छ,’ उनले भने।
जात्रा पनि आफ्नै कथा भएर काम गर्ने आँट आएको बताउँछन् रबिन्द्र। तर जात्रासम्म आइपुग्दा उनकाे टिमले फिल्मलाई दर्शकको रुचिअनुसार बनाउनु पर्नेमा जोड गर्याे। उनी भन्छन्, ‘आफ्नै सेरोफेरोको कथालाई दर्शकको हृदयलाई छुने खालको फिल्म बनाउनु थियो र पहिला दिलले फिल्म बनाइएको थियो, पछि दिमागले काम गर्न थालियो। फेरि फिल्म बनाउन घडेरी हुन्छ हुँदैन अथवा सुन दिने आमाहरू हुन सक्छन् सक्दैनन् भन्ने चिन्ता पनि थियो। त्यसैले बजारलाई हेरेर फिल्म बनाउने कोसिस गर्दा जात्रा पनि सफल हुन पुग्यो।’
कयौं राम्रा चलचित्र बनेका छन् तर दर्शकले नरुचाइदिएपछि जति नै राम्रो चलचित्र थियो भनेर दावी गरे पनि फरक पर्दैन। तर जात्राको सफलताले रबिन्द्रको टिमलाई महाजात्रासम्म डोर्याइदियाे।
‘जात्राको सिक्वेल आउनुको पछाडिको कारण हो बजार। बजारलाई ध्यानमा राखेर चलचित्र निर्माण गर्न सकियो भने दर्शक पाउन सकिँदोरहेछ। दर्शकको टेस्ट हेरेर नैतिकता र इमान्दारिताका साथ बनाएकाे चलचित्र भएर पनि होला दर्शकले अत्यधिक रुचाएका,’ रबिन्द्रले भने।
यतिखेर बक्स अफिसमा कमाल गरेको चलचित्र महाजात्राले दर्शकको मन जितेको छ। चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फणिन्द्र (विपीन कार्की), जोयश (रबिन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा)बीचको मित्रतालाई देखाइएको छ। फिल्मले १० दिनसम्म विश्वव्यापी १४ करोड ग्रस कमाएको निर्माण पक्षको दाबी छ।