आयरल्यान्ड विरुद्ध कमजोर लक्ष्य पछ्याएको नेपाल २१ रनले पराजित

आयरल्यान्ड विरुद्ध कमजोर लक्ष्य पछ्याएको नेपाल २१ रनले पराजित
+
-

काठमाडौं- तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल  ‘ए’ २१ रनले पराजित भएको छ। टस जितेर पहिले ब्याटिङ गर्दै आयरल्यान्ड ‘ए’ ले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १ सय ३६ रनमा समेटियो।

नेपालक लागि साहव आलमले ३७ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक ओपनर देव खनालले २६ तथा बसिर अहमदले २० रन बनाए। थप दोहोरो स्कोरका ररुपमा रिजन ढकाल १२ रनमा अविजित रहे। नेपाललाई सस्तैमा समेट्ने क्रममा म्याथ्यु हमफ्रेयसले ५ विकेट लिंदा लियम म्याकार्थीले ४ विकेट लिएका थिए।

नेपालका आशा गरिएका ब्याटरहरु चल्न सकेनन्। अर्जुन कुमाल, भिम सार्की, अर्जुन साउद, आरिफ शेख, विनोद भण्डारी, कमल सिंह ऐरी र मौसम ढकालले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्ड कमल सिंह ऐरीले ३९ औं ओभरको ह्याट्रिकसँगै १ सय ५७  रनमा समेटिएको थियो। ऐरीले ३८.१ ओभरमा लियम म्याकार्थीलाई साहव अलामद्वारा क्याचआउट गरेका थिए भने दोस्रो बलमा म्याथ्यु हम्फ्रेसलाई बोल्ड गरे। उनले तेस्रो बलमा बेन ह्वाइटलाई पनि बोल्ड गर्दै पेभिलियन पठाउँदै ह्याट्रिक पुरा गर्दै आयरल्यान्डलाई अलआउट गराएका थिए।

टियू मैदान कीर्तिपुरमा आयरल्यान्डले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो। जहाँ उसले ३८.३ ओभरमा १ सय ५७ रन जोड्दा अलआउट हुन पुग्यो। आयरल्यान्डका लागि क्याडी कार्मिचेलले ५१ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान निल रकले ३९ रन बनाए। त्यस्तै जेम्स म्याकुलमले १२ रन बनाउँदा स्टेफन डोहेनीले पनि १२ रननै बनाएका थिए। त्यस्तै पिटर मुर २१ रनमा आउट भए। यद्यपि पछिल्लो क्रम लगातार विकेट पतनको सिकार भयो।

नेपालका लागि कमल सिंह ऐरीले ह्याट्रिक सहित ४ विकेट लिंदा साहाव आलम र मौसम ढकालले समान २-२ विकेट लिए। त्यस्तै रिजन ढकालले १ विकेट हात पारेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?