
काठमाडौँ- नेत्रहीनहरुले काठमाडौँ महानगरपालिकाले आफूहरुमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै बुधबार राजधानीमा प्रदर्शन गरेका छन्।
नेपाल एकिकृत नेत्रहीन विकास संघको अपाङ्गता अधिकारमुखी राष्ट्रिय संघर्ष समितिले काठमाडौं महानगरपालिका फुटपाथ बस्ने नेत्रहीन व्यक्तिहरूलाई दुर्व्यवहार गरी नेत्रहीन व्यक्तिहरूको माइक र स्पिकरहरू लगिएको भन्दै विरोध गरेका हुन्।
उनीहरुले सुन्धारामा भेला भई शान्तिबाटिका हुँदै भद्रकालीसम्म र्याली गरेका थिए।
उनीहरूले काठमाडौंका मेयर बालेन साहले आफूहरुको कुरा नबुझ्ने हुँदा केन्द्र सरकारले नै आफूहरुको माग सम्बोधन गर्नु पर्ने पनि प्रदर्शनका क्रममा बताएका थिए। काठमाडौँका मेयर बालेन साहले आफूलाई हेपेको आरोपसमेत उनीहरुले लगाएका थिए।
तस्बिरहरु: