निर्मला हत्या प्रक्ररण

प्रहरी दमन विरुद्ध कञ्चनपुरका विद्यालय बन्द, आन्दोलनकारीसँग वार्ताको तयारी

प्रहरी दमन विरुद्ध कञ्चनपुरका विद्यालय बन्द, आन्दोलनकारीसँग वार्ताको तयारी
+
-

काठमाडौँ – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा वास्तविक दोषी सार्वजनिक गर्न माग राख्दै स्थानीय बासिन्दाले थालेको आन्दोलनमा प्रहरीले चरम दमद गरेको विरोधमा कञ्चनपुरका विद्यालयहरु बन्द गरिएका छन् ।

स्थानीय बासिन्दाको आन्दोलनमा प्रहरी प्रशासनबाट दमन भएको भन्दै जिल्लास्थित प्याप्सन, एनप्याप्सन आवद्ध विद्यालयले एक दिने विद्यालय बन्दको घोषणा गरेका हुन् ।

आन्दोलनमा समर्थन जनाउदै शुक्रबार जिल्लाका कुनै पनि विद्यालयहरु सञ्चालनमा आएका छैनन् । प्रहरीले बिहिबार स्थानीय बासिन्दाको आन्दोलनमा गोली प्रहार गरेको थियो । गोली लागेर ८ जना घाइते भएका थिए ।

घटनापछि स्थानीय प्रशासनले लगाएको कर्फ्यु शुक्रबार बिहान ५ बजेपछि खुलेको छ । कर्फ्यु खुलेसँगै महेन्द्रनगरको अवस्था सामान्य बन्दै गएपनि विद्यालयहरु भने बन्द भएका छन् ।

यता स्थानीय प्रशासन र आन्दोलनकारीहरुबीच अहिलेसम्म वार्ता भएको छैन । कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कठायतले वार्ताका लागि पहल भइरहेको जानकारी दिएका छन् ।

तर मृतक बालीका निर्मला पन्तका बुवा यज्ञराज पन्तले प्रहरी प्रशासनबाट वार्ताका लागि कसैले पनि सम्पर्क नगरेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?