
अ
+
अ
अ
-
धनगढी – कञ्चनपुरमा १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरिएको पृष्ठभूमिको घटना अनुसन्धानका लागि सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समितिको टोली शुक्रबार बिहान महेन्द्रनगर पुगेको छ ।
सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बिहिबार गठन गरिएको पाँच सदस्यीय छानबिन समिति शुक्रबार बिहान काठमाण्डौँबाट बुद्ध एयरमार्फत धनगढी हुदै महेन्द्रनगर पुगेको हो ।
सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार गर्न १५ दिनको म्याद दिइएको समितिले आजैदेखि छानबिन थाल्ने संयोजक मैनालीले बताए ।
उक्त समितिमा तीन वटै सुरक्षा निकायका एआइजीहरु, प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि रहेका छन् ।