
काठमाडौं- भ्रष्टाचारकोविरुद्धमा प्रदर्शन गर्ने क्रममा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संगठन(नेविसं)का ६ जना पक्राउ परेका छन् ।
आइतबार बिहान सिंहदरबारको प्रवेशद्वारअघि प्रदर्शन गर्ने क्रममा प्रहरीले नेविसंघका ६ जनालाई पक्राउ गरेको हो ।
मुलुकमा भ्रष्टाचार र अनियमितता जस्ता बेथितिजन्य गतिविधिहरू बढेको भन्दै नेविसंका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।उनीहरूले ‘जनताकाे संविधान कार्यान्वयन गर’, ‘नागरिककाे उपचार राज्यले गर्नुपर्छ’, ‘शिक्षा र स्वास्थ्य नि:शुल्क गर’लगायतका ब्यानर बोकेका थिए ।
थप तस्बिरहरू: