काठमाडौँ- नक्साल भगवती जात्रा आइतबार सुरु भएको छ। जात्राका लागि भगवतीको मूर्तिलाई राम्ररी सफा गरिएको छ। यस जात्रालाई तीन दिनसम्म नक्सालमा मनाइन्छ।
पहिलो दिन खटमा राखेर भगवतीको परिक्रमा गराइन्छ। आइतबार रातिदेखि विधिवत रुपमा जात्राको प्रारम्भ हुने आयोजकले जानकारी दिृएका छन्। दोस्रो दिन राति सिन्दुर जात्रा गरिन्छ।
तेस्रो दिन पशुपति मन्दिरको परिक्रमा गरिन्छ।
तेस्रो दिन टोलटोलमा पूजा थापेर राति पशुपति मन्दिरमा लगेर विधि तथा प्रक्रिया पूरा गरेर नक्साल आएपछि जात्रा समापन हुने आयोजकले जानकारी दिएका छन्।
पहिलो दिनका केही तस्बिरहरु:





भर्खरै
लोकप्रिय






































































































































































































