गण्डकीका मुख्यमन्त्रीसँगै दुई मन्त्रीले लिए शपथ

गण्डकीका मुख्यमन्त्रीसँगै दुई मन्त्रीले लिए शपथ
+
-

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन्। मुख्यमन्त्री अधिकारीसँग २ मन्त्रीले पनि शपथ लिएका हुन्।

मुख्यमन्त्री अधिकारीसँगै विना विभागीय मन्त्री नियुक्त भएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र नेकपा एकीकृत समाजवादी पार्टीका राजीव गुरुङ (दीपक मनाङे)ले शपथ लिए। उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। ३१ सांसदको समर्थनमा दाबी पेश गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

अधिकारी दोस्रो पटक मुख्यमन्त्री बनेका हुन्। उनीसँगै शपथ लिएका चुमान तेस्रो पटक र मनाङे पाँचौं पटक मन्त्री बनेका छन्।

चैत २१ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले बहुमतको आधारमा सात दिनभित्र सरकार गठनका लागि आह्वान गरेका थिए। चैत २७ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि समय तोकिएको थियो।

सभामुखले राजीनामा नदिइकन मुख्यमन्त्रीलाई दाबी पेश गरेपछि नेपाली कांग्रेसले असंवैधानिक कदम भनेको छ। कोशीको नजिर देखाउँदै अदालत जाने तयारीमा कांग्रेस छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?