नेपालको बलिङ कन्सल्टेन्ट प्रशिक्षकमा वेस्टइन्डिजका रोड्रिक

नेपालको बलिङ कन्सल्टेन्ट प्रशिक्षकमा वेस्टइन्डिजका रोड्रिक
+
-

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले बलिङ कन्सल्टेन्ट प्रशिक्षकका रुपमा वेस्टइन्डिज (बारबाडोस) का रोड्रिक (रोडी) ओरभिल एस्टविकलाई अनुबन्धन गरेको छ। ६२ वर्षीय रोडीले लामो समय वेस्टइन्डिजको राष्ट्रिय टोलीमा समेत काम गरेको अनुभव रहेको छ।

उनले नेपाली क्रिकेटसँग काम गर्न पाउनु खुसीको कुरो भएको बताउँदै आफ्नो ज्ञान बाँड्न उत्सुक रहेको बताए उनले वेस्टइन्डिजको राष्ट्रिय टोलीसँग काम गरेको ८ वर्ष लामो अनुभव सेयर गर्न पाउनु खुसिको कुरो भएको बताए। उनले भने ‘म नेपाली क्रिकेटको प्रगति, विकास र उदयलाई पछ्याउँदै आएको छु र म टिमलाई सहयोग जारी राख्न मेरो सम्पूर्ण शक्ति लगाउने छु।’

त्यस्तै राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देशाइले रोडीलाई नेपाली क्रिकेटमा स्वागत गर्न पाउनु गर्वको कुरो भएको बताए। उनले रोडीसँग पहिले पनि काम गरेको अनुभव रहेको भन्दै उनको ठूलो अनुभव र विशेषज्ञता नेपाली क्रिकेटका लागि लाभदायक हुने विश्वास लिएका छन्। उनले वेस्ट इन्डिजको सिनियर टोलीको अनुभवले हाम्रा सीमरहरूलाई फाइदाजनक हुने विश्वास मोन्टीको छ। उनले यो खुसिको दिन भएको भन्दै समर्थक र खेलाडी तथा नेपाली क्रिकेटमा मुस्कान थपिने विश्वास ब्यक्त गरे।

नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले रोडीलाई स्वागत गर्न पाउँदा नेपाली क्रिकेट उत्साही भएको बताए। उनले भने ‘उहाँको अनुभव र गहिरो ज्ञानले विश्वकपको लागि हाम्रो तयारीमा महत्वपूर्ण भूमिका खेल्ने छ।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?