
कृषिबाणिज्यकर्ता च तैलभाण्डादिसंग्रहि
क्रयविक्रयकर्ता च कालयुक्ते भवेन्नरः
कृषिको उत्पादनमा बल पुर्याउने, व्यापार/व्यवसायलाई बढावा दिने, अन्तरार्ष्ट्रिय सम्बन्धमा सुधार गराउने, निर्यातमा जोड दिने औद्योगिक कार्यलार्ई जोड दिने, आन्तरिक शक्ति बढाउने र राष्ट्रिय मेलमिलापमा ध्यान लगाउने काम हुने छ ।
यस वर्ष कालयुक्त नाम संवत्सर परेको छ । संवत्सरको फल भने शुभ रहनेछ । वर्षामा खण्ड वृष्टि देखिए पनि वर्षाको अवस्था राम्रो रहनेछ । बर्षफल बनाउँदा बर्षको राजा, मन्त्री वर्षारम्भको लग्न, लग्नको मालिक अवस्था पनि महत्वपूर्ण हुन्छ । यी सबैलाई हेर्दा यस बर्ष बर्षारम्भ धनु लग्नमा भएको छ । लग्न तथा चतुर्थ गुरु चतुर्थ सप्तम दशमको मालिक बुध, मीनको राहु तथा शुक्रको अवस्था बलियो भएको छ । पञ्चम भावमा सूर्य, वृहस्पति नेपाल देशको द्वितीय पञ्चमाधिपति गुरु दशमाधिपति सूर्य शक्तशाली राजयोग पारेर बसेको हुँदा देशका वौद्धिक व्यक्तिहरू मिलेर वैज्ञानिक कार्यमा अग्रसर हुनेछन् । वैज्ञानिक कार्यको लागि अन्तर्राष्ट्रिय सहयोग पर्याप्त मिल्ने, मातृशक्ति शक्तिकै रूपमा अग्रसर हुनेछ । ज्ञान र विज्ञानको समन्वय गर्ने अवसर नेपालले पाउनेछ । कृषि क्षेत्रको अवस्था सन्तोषप्रद रहला । वैदेशिक व्यापारमा बढोत्तरी देखिन्छ ।
राजस्वमा पनि वृद्धि हुने योग छ तर यो निर्यातमुखी नभएर आयातमुखी भई आर्थिक बृद्धि देखिए पनि कालान्तरमा राष्ट्रिय पूँजी निकै कमजोर हुनेछ । वर्षारम्भमा राजपदमा रहेका मंगल शत्रु गृह गुरूको नक्षत्र मन्त्री पदमा शनि स्वगृही बलशाली भई राहुको नक्षत्रमा परस्पर बैरीग्रह एकसाथ राज्य सञ्चालनमा रहेकाले यस वर्षको अवस्था जटिल हुनेछ ।
सुरक्षाको अधिपति राजा मंगल सेवाको कारक मन्त्री शनि, अग्नि तत्व र वायु तत्व ग्रहले राज्य सञ्चालन गर्ने भएकोले अवस्था जटिल हुने आशंका देखिन्छ । यहाँ मुख्य बुझ्नुपर्ने कुरा के छ भने पहिलो वर्षाधिपति, दोश्रो जग लग्न र तेश्रो देशको राशि यी तिनैलाई मिलाउँदा २०८१ खासै राम्रो देखिन्न ।
वर्षारम्भमा लग्नमा ग्रहगोचर अनुकूल जस्तो भए पनि सैन्य भावमा उन्मुख राजा मंगल र सेवा भावमा उन्मुख शनि वर्षारम्भमा देशको चतुर्थ भावमा रहने र शनि मंगलको तालमेल मिल्ने अवस्था नभएकोले राजनीति जटिल बन्दै जानेछ । वर्ष लग्न धनु, धनु राशिको मालिक गुरू साथै नेपाल देशलाई विचार गर्दा गुरू वर्ष लग्नमा बलवान र देशको राशिमा कमजोर देखिएकोले राजनीतिक शक्तिहरू विचार र विकासमा भन्दा आक्रमण र प्रत्याक्रमणतिर उद्दत हुनेछन्।
सेवाग्राहीहरूमा शक्तिप्रतिको आकर्षण बढिरहने हुँदा सेवक भन्दा शक्तिवालहरू नै अघि बढ्नेछन् । वायु तत्व शनि र अग्नि तत्व मंगल राज्यको मुख्य पदमा भएकोले राजनीतिक द्वन्द्व नियन्त्रण बाहिर पुग्न सक्छ ।
नियन्त्रण गर्ने बहानामा सैन्य शक्ति प्रयोग हुने प्रवल सम्भावना छ । नेपाल यो वर्ष अत्यन्त दुखद स्थितिमा निर्णायक अवस्थामा पुगेर दैवी शक्तिले आफ्नो अनुकूल नहुँदा पनि बाध्यताले जनचाहना अनुरूप सहज सरल र सुखद जाने वातावरण यसै वर्ष बन्नेछ । अज्ञात रोग सिर्जना हुन सक्छन् । आँधी हुरी समुद्री तुफान भूकम्प बाढी पहिरोले जन धनको विनाश वर्षारम्भमै हुन सक्छ । शत्रु गृही मंगल र स्वगृही शनि भएकोले वायुमण्डलीय अवस्था प्रतिकूल हुने भएकोले विमान दूर्घटना हुन सक्छ ।
दुर्घटनामा वा भौतिक आक्रमणमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित र ठूला व्यक्तिको निधन हुने सम्भावना छ । धर्म र राष्ट्रियतालार्ई गलत व्याख्या गरेर आफ्नो अभिलाषा पूरा गर्दै आएका निस्तेज हुने र सच्चा धर्म र राष्ट्रियता अँगाल्दै गर्दा समेत पिछडिएकाहरू धर्मबल र जनबलले सक्रिय भई हुने दुई शक्तिको टकरावमा देश सैनिकीकरणतिर उन्मुख हुँदा राष्ट्रिय सम्पत्ति विकासमा भन्दा सुरक्षामा बढी खर्च हुनेछ ।
अमेरिका, अष्ट्रेलिया राजनीतिक समस्यामा परे पनि आर्थिक बृद्धि राम्रै हुनेछ । युरोपियन मुलुकमा आन्तरिक कलहसहित आर्थिक संकटमा पर्न सक्छन् । यस वर्षको ग्रहस्थितिले धर्म–धर्मबीच र शक्ति शक्तिबीचको द्वन्द्व हुने र मानव विनाश गराउने क्रियाकलाप बढ्न सक्छ । अन्ततः प्राचीन सभ्यता र आधुनिकताको प्रतिस्पर्धामा प्राचीन नै सर्वमान्य हुने संकेत ग्रहले गरेको छ । यो बर्ष सत्यको जय र असत्यको पराजय सुनिश्चित हुने ग्रहगोचर छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पछि परेका शक्तिहरूले पुनः राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरी यस वर्ष पुनः स्थापित हुने अवसर प्राप्त गर्नेछन्। यस्तो अवस्था २०८१ बैशाखदेखि नै देशको चतुर्थ भावमा राजा मंगल र मन्त्री शनि बसेको मंगलको परस्पर शत्रु भई देशको चतुर्थ भावमा रहने २०८१ बैशाख १४ गते बिहान ८ । ३ बजेसम्म यो कायम रहने हुँदा ज्येतिषिको दृष्टिमा शनि मंगल एकसाथ हुनु अत्यन्तै प्रतिकूल हुने भएकोले राजनैतिक शक्तिबिच चरम द्वन्द्व हुने र मूल राजनीति तरल हुने अराजक समूहहरू हावी हुने तथा राष्ट्र असफलता तिर उन्मुख हुँदै गर्दा विदेशी चलखेल बढ्ने अवस्था सिर्जना होला ।
यसमा पनि बैशाख ६ गते बिहान १० । ८ बजे पछि बैशाख ८ गते राति ९ । ३९सम्म नेपाली पञ्चांग अनुसार चन्द्रमा सिंह राशिमा, शनि मंगल एक राशिमा र वैशाख २५ गतेदेखि ज्येष्ठ १९सम्म बर्ष लग्नको मालिक गुरु अस्त हुँदा धेरै असहज हुने सम्भावना रहन्छ । आषाढ ११ गते राति ११ । ३९ बजे बाट कार्तिक २८ दिउँसो १ । १५ वर्षको मन्त्री ग्रह शनि र आश्विन २१ धर्माधिकारी ग्रह गुरु शनि गुरु बक्र रहँदा अवस्था झन जटिल रहनेछ ।
यस्तै अवस्था मार्ग २६ गते बिहान ८ । ३३देखि फाल्गुन १५ गते बिहान ९ । १३ बजेसम्म वर्षको राजा सैन्य कारक ग्रह मंगल बक्र हुने तथा बर्षारम्भको लग्नाधिपति गुरु आश्विन २१ देखि माघ २५ गतेसम्म बर्षको राजा मंगल कारक ग्रह गुरु एक साथ बक्र हुने हुँदा समय असहज भई राष्ट्र संकटमा पर्न सक्छ । यसै समयमा राष्ट्रद्रोहीहरूलाई साथमा लिएर बैदेशिक हस्तक्षेप प्रत्यक्ष हुन सक्छ मार्ग २६ । २७ गते गुरु बुध मंगल यस बर्षको कारक ग्रह बर्ष लग्नमा चार केन्द्रको मालिक गुरु बुध पञ्चम मंगल एक साथ बक्र हुँदा अतिनै असहज भई विश्व नै तरंगित हुनक्छ ।
यस्ता दिनहरूमा दैवी प्रकोप र राजनीतिक संकट आउन सक्छन् । जग लग्नमा गुरू सूर्यका साथ पञ्चममा रहेकोले विषम परिस्थतिलाई ध्यान दिएर राष्ट्रप्रेमी एक हुने र चन्द्रमा आफ्ना घरदेखि बाह्रौँ भावमा, बुध निच चतुर्थ भावमा राहुका साथ रहेको हुँदा देशमा आर्थिक कठिनाइका कारण आन्तरिक कलह चरम हुनेछ । यसैलाई बहाना बनाएर पश्चिमा शक्तिहरूको सशक्त उपस्थिति बढ्दै जानेछ । त्यो कुरा दक्षिणतर्फ सैह्य नहुँदा उनीहरू पनि त्यसको विरुद्धमा खुलेरै अघि बढ्ने हुँदा बाह्य शक्तिको घुसपैठमा राष्ट्रिय शक्तिहरू कमजोर हुने सम्भावना बढ्नेछ ।
यस्तो स्थितिमा आन्तरिक सेनाको अनुरोधमा बह्य सेना सूक्ष्म तरिकाले प्रवेश हुने सम्भावना बढ्नेछ । धर्माधिकारी गुरु बक्र रहँदाको समय बाह्य विपरित धर्महरूले राष्ट्रिय धर्मलाई निस्तेज गर्ने गरी घुसपैठ हुँदै गर्दा स्वधर्म बचाउका लागि समान धर्मावलम्वीहरू सशक्त रूपले प्रतिकारमा उत्रने हुँदा यो स्थितिमा धर्म बचाउको युद्ध हुन सक्छ । अन्ततः २०७१ श्रावणमै धर्म युग आरम्भ भैसकेकोले सनातनिक शक्तिले विजय हासिल गरी जनचाहना अनुरूप कार्य गरी देशलाई र प्रजातन्त्रलाई अघि बढाउने छन् । यस वर्षप्रतिकूल प्रभाव पर्ने देशहरूमा बैशाख १८ बाट गुरू वृषमा प्रवेश हुने वैशाख २५देखि ज्येष्ठ १९सम्म गुर अस्त आश्विन २१देखि माघ २५सम्म बक्रहुने गुरु यसैविचमा मार्ग २६देखि बक्रहुने मंगल योसमय हामी र हाम्रा निकट देश भारतमा भूटान बंगालादेश पाकिस्थान चीनमा आन्तरिक कलह बढ्ने छ । यदि क्षेत्रीय शक्ति एकबद्ध नभएमा बाह्य आक्रमले संकटग्रस्त बनाउने छ । शक्तिशाली देश अमेरिका, बेलायत, जर्मन, जापान आर्थिक उन्नति र आन्तरिक एकताले बलियो हुने । रसिया, भारत, फ्रान्स शत्रुबाट घेरिने, चीनको कूटनैतिक अवस्था कमजोर, खर्च बृद्धि हुने अवस्था रहन्छ । जापान, पाकिस्तानमा राजनीतिक संकटको साथै दैवी प्रकोपको सम्भावना, भुटान, भारत, श्रीलंका दैवी प्रकोपको र आन्तरिक कलहबाट संकटमा पर्न सक्छ ।
अमेरिका, अष्ट्रेलिया राजनीतिक समस्यामा परे पनि आर्थिक बृद्धि राम्रै हुनेछ । युरोपियन मुलुकमा आन्तरिक कलहसहित आर्थिक संकटमा पर्न सक्छन् । यस वर्षको ग्रहस्थितिले धर्म–धर्मबीच र शक्ति शक्तिबीचको द्वन्द्व हुने र मानव विनाश गराउने क्रियाकलाप बढ्न सक्छ । अन्ततः प्राचीन सभ्यता र आधुनिकताको प्रतिस्पर्धामा प्राचीन नै सर्वमान्य हुने संकेत ग्रहले गरेको छ । यो बर्ष सत्यको जय र असत्यको पराजय सुनिश्चित हुने ग्रहगोचर छ ।
यस वर्ष शनि शाढेसाति दशा हुने राशिहरूमा मकर, कुम्भ, मीन छन् भने अढैया शनिको प्रभाव कर्कट, वृश्चिकलाई रहनेछ । साढेसातीको प्रभाव जन्मकालमा शनि बलियो हुनेका लागि अनुकूल र कमजोर हुनेका लागि शनिको प्रभाव प्रतिकूल रहनेछ । अढैया भने कसैलाई पनि अनुकूल हुँदैन । शनि प्रभावित मानिसहरूले शनिबार बिहान काल भैरवमा गएर भैरवको पूजा गरी मेरो शनि दोष नास होस् भनेर दायाँ हातमा २ मिटर कालो कपडा राखी दश कदम पछि हटेर फरक्क फर्केर हिड्नु । यदि यो असम्भव भएमा नदीमा गएर पूजा गरी शनि दोष जाओस् भनेर २ मिटर कालो कपडा आफू उँभोतिर फर्केर बगाउने र उता नहेर्ने गर्दा शनि दोष कम हुन्छ ।
(आगामी वर्षको हरेक राशिको राशिफल चैत २८ गते बुधबार प्रकाशित हुनेछ।)