नेपाल भ्रमण गर्दै वेस्ट इन्डिजको ‘ए’ टोली,राष्ट्रिय टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्ने

नेपाल भ्रमण गर्दै वेस्ट इन्डिजको ‘ए’ टोली,राष्ट्रिय टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्ने
+
-

काठमाडौं- वेस्टइन्डिजको ‘ए’ टोली र नेपालको राष्ट्रिय क्रिकेट टिमबिच काठमाडौंमा टी-२० सिरिज हुने भएको छ। टी-२० विश्वकपको तयारीका लागि  क्रिकेट वेस्टइन्डिज (सिडब्लुआई) र नेपाल क्रिकेट संघ (क्यान) ले दुई टोलीबिचको पाँच खेलको टी-२० सिरिज पक्का भएको जनाएका छन्।

पहिलो पटक नेपाल भ्रमण गर्न लागेको वेस्टइन्डिज र नेपालबिच पाँच खेलको टी-२० सिरिज हुन लागेको हो। प्रतियोगिता अप्रिल २५ देखी ५ मे सम्म टियू मैदान कीर्तिपुरमा हुने जनाइएको छ।

नेपाल सिरिज बारे सिडब्लुआईका निर्देशक माइल्स बास्कोमले ‘ए’ टिमलाई उच्च महत्वका साथ हेरेकाले विश्वकप तयारीका लागि यो भ्रमण प्रभावकारी हुने बताए। उनले टी-२० विश्वकपका लागि यो एक महत्वपूर्ण चरण भएको बताए। उनले सम्भावना भएका खेलाडीहरुलाई अवसर प्रदान गरेर टिम निर्माणमा ठूलो योगदान हुने विश्वास सहित नेपाल भ्रमण गर्न लागेको बताए। उनले पहिलो पटक नेपालमा वेस्टइन्डिजको भ्रमणले खुसी रहेको भन्दै यसले दुवै पक्षलाई राम्रो अवसरका लागि प्रेरित गर्ने बताए।

क्यानका सचिव पारस खड्काले भने वेस्टइन्डिजको नेपाल भ्रमणलाई लिएर उत्साही रहेको बताए। उनले यो नेपाली क्रिकेटका लागि एउटा महत्वपूर्ण र एतिहासिक अवसरका रुपमा रहने बताए। उनले भने ‘यो नेपाली क्रिकेट विकासका लागि एतिहासिक अवसरका रुपमा रहने छ।’उनले वेस्टइन्डिजको भ्रमणले नेपालको विश्वकप तयारीमा ठूलो सहयोग मिल्ने विश्वास ब्यक्त गरे।

उनले भविष्यमा सहकार्यलाई निरन्तरता दिने विश्वास गर्दै वेस्टइन्डिजलाई धन्यवाद ब्यक्त गरे। उनले भने ‘भविष्यमा थप द्विपक्षीय सिरिजहरुका लागि यो सिरिजले ढोका खोलेको छ। आगामी दिनमा अझ धेरै सहकार्यको विश्वास गर्दै वेस्टइन्डिजलाई यो अवसरका लागि धन्यवाद दिन चाहन्छौं।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?