
काठमाडौं- काठमाडौंमा प्रदर्शन गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र सुरक्षामा खटिएका प्रहरीबीच झडप भएको छ। मंगलबार प्रदर्शनका क्रममा सिंहदरबारको प्रमुखद्वार अगाडि प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा तथा लाठीचार्ज भएको हो।
सिंहदरबारतर्फ बढिरहेको प्रदर्शनकारीको भीडलाई प्रहरीले रोक्न खोज्दा उक्त झडप भएको हो। प्रहरीले लाठीचार्जसँगै प्रदर्शनकारीमाथि पानीको फोहोरासमेत हानेको छ।
भृकुटीमण्डपबाट सुरु भएको जुलस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे हाे। त्यसक्रममा प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो ।
राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको हाे। प्रदर्शनकाे नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन्।
हेर्नूहाेस् तस्बिरहरू: